२०८० मंसिर २०, बुधबार
नवलपुर ।बंगलादेशमा हालै सम्पन्न साफ यू–१५ महिला च्याम्पियनसिप फुटबल प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गरेकी खेलाडी सेनु परियारलाई उनी पढेको विद्यालय बरचुली माध्यमिक विद्यालयले सम्मान गरेको छ । मंगलबार देवचुली १७ फारममा रहेको बरचुली मा।विले एक कार्यक्रम गरि उनलाई सम्मान गरेको हो ।
गत कार्तिक २३ गते भएको साफ यू–१५ महिला च्याम्पियनसिप फुटबल प्रतियोगिताको नेपाल र भुटान बिच भएको खेलमा नवलपुरकी सेनु परियारले निर्णायक गोल गरेसँगै नेपालले जित निकाल्न सफल भएको थियो । उक्त जित पछि नेपाल अघिल्लो चरणमा पुगी उपाधि चुम्न समेत सफल भएको थियो । सेनुको खेल कौशल र उत्कृष्ट नतिजालाई आत्मसाथ गर्दै बरचुली मा।विले विद्यालयको मात्रै नभई नवलपुर र सिँगो नेपालको नाम उच्च राख्न सफल भएको भन्दै सम्मान गरेको हो ।
कार्यक्रममा बोल्दै खेलकुद विकास समिति नवलपुरका अध्यक्ष सेतमान पुनले सेनुको मेहेनतले आज नेपाल राष्ट्रिय स्तरमा चिनिन् सफल भएको बताउँदै उनलाई राष्ट्रले सम्मान गर्नुपर्ने र आगामी दिनमा उनलाई थप हौसला दिनुपर्ने बताउनुभएको थियो ।कार्यक्रममा बोल्दै समाजसेवि सुमन अधिकारीले सेनुको जितसँगै आगामी दिनमा खेललाई थप अगाडि बढाउनको लागि विद्यालयको बार्षिकोत्सवको अवसरमा ५० हजार सहयोग गरि छात्रा खेलाडीको अध्यक्षकोष स्थापना गर्ने साथै सेनुको खाजा खर्च भनि पच्चिस सय रुपैंया कार्यक्रममा हस्तान्तरण गरेका थिए ।
यसैगरि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष निर्मला रेग्मीले छात्रा फुटबलको अध्यक्षकोषका लागि ५५ हजार ५ सय ५५ रुपैंया प्रदान गर्ने बताउनुभएको थियो ।बरचुली मा।विमा कक्षा ८ मा अध्ययनरत छात्रा सेनु परियार ९सलिना० ले खेलेको खेलले पुरा नेपालको नाम उच्च स्थानमा राख्न सफल भएको विद्यालयका प्रधानाध्यापक चन्द्रदेव तिवारीले बताउनुभएको छ । विगत केही बर्ष अघि देखि विद्यालयले पुरुषहरुलाई मात्रै नभई महिलाहरुलाई विभिन्न खेलहरु संचालन गरेको बताउँदै आगामी दिनमा सेनु जस्तै अन्य खेलाडी उत्पादन गर्नतर्फ विद्यालय लागि रहने बताउनुभएको थियो । बरचुली माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष निर्मला रेग्मीको अध्यक्षता रहेको कार्यक्रममा खेलकुद विकास समिति नवलपुरका अध्यक्ष सेतमान पुनको प्रमुख आतिथ्यता रहेको थियो ।एलिना केसी
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: pressnawalpur@gmail.com
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |