२०८१ श्रावण १२, शनिबार
कावासोती । नवलपुरको बौदीकाली गाउँपालिकाले प्राविधिक शिक्षा अध्ययन गर्ने जेहेन्दार र विपन्न विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराउने भएको छ ।
गाउँपालिकाको आर्थिक वर्ष २०७९÷०८० को वार्षिक स्वीकृत कार्यक्रम अन्तरगत गाउँपालिकामा स्थायी बसोबास गरेका विद्यार्थीहरूलाई छात्रवृत्ति प्रदान गरिनेछ । गाउँपालिका भित्रकै सामुदायिक विद्यालयबाट एसइइ उत्तिर्ण गरी विभिन्न विद्यालय, शिक्षालयमा अध्ययनरत ४२ जना जेहेन्दार र विपन्न विद्यार्थीलाई मासिक पाँच हजारका दरले छात्रवृत्ति प्रदान गरिने गाउँपालिका अध्यक्ष प्रकाश ओझाले जानकारी दिनुभयो । जुनसुकै प्रकारकोे प्राविधिक शिक्षा अध्ययनरत जेहेन्दार र विपन्न विद्यार्थीलाई मासिक पाँच हजारका दरले त्रैमासिक रुपमा उक्त छात्रवृत्ति प्रदान गरिने अध्यक्ष ओझाले बताउनु भयो ।
गाउँपालिकाले एक सूचना निकालेर छात्रवृत्ति प्राप्त गर्न इच्छुक विद्यार्थीलाई समयमै आवेदन दिन आग्रह गरेको छ । कात्तिक १८ गते प्रथम पटक सूचना प्रकाशित गरिएको छ । सूचना प्रकाशित भएको १५ दिनभित्र आवेदन दिनुपर्ने उल्लेख छ । प्राविधिक शिक्षा अध्ययन छात्रवृत्ति वितरण सम्बन्धी कार्यविधि २०७९ को अनुसूची – १ बमोजिमको छात्रवृत्ति आवेदन फारम भरेर आवश्यक कागजात सहित शिक्षा, युवा तथा खेलकुद शाखामा निवेदन दिन सूचनामा भनिएको छ ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: [email protected]
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |