२०८० मंसिर २४, आईतबार
दुम्किबास ।एउटा काम गर्नू त्यसलाई उचाइमा पु¥याउनू भन्ने कथनलाई चरितार्थ गर्ने व्याक्ति हुन् लक्ष्मण पाण्डे । गाविसको अध्यक्ष रहँदा होस् वा सर्दी बहुमुखी क्याम्पस स्थापना गर्दा होस्, चाहे ग्रामीण क्षेत्र विद्युतीकरण गर्न खोलिएको सर्दी ग्रामीण विद्युत् सहकारी संस्था । उनले जहाँ नेतृत्व लिए उक्त कामलाई सार्थक बनाएरै छाडेका छन् ।
पूर्वपश्चिम राजमार्गबाट १३ किलोमिटर उत्तरको सर्दी बस्तीमा बाटो, बिजुली, खानेपानी, शिक्षा स्वास्थ्यको अभाव नै थियो । गाउँमा पढेलेखेको युवा अध्यक्ष भएपछि केही हुन्छ भन्ने आशा गरेका गाउँबासीहरुमा उनले विकासको आशाको किरण भर्न सफल भए । मुख्य राजमार्गबाट नजिकै रहेको भूगोल भएर पनि विद्युतीकरणबाट टाढा भएको क्षेत्रमा सर्दी ग्रामीण विद्युत् सहकारीमार्फत् ग्रामीण विद्युतीकरणको कार्यलाई पूर्णता दिँदै सबैको घर घरमा विद्युत् सेवा पु¥याउन सफल भए । उनी ग्रामीण क्षेत्र (सर्दी) का व्यक्तिहरुका निम्ति विद्युत् भनेकै लक्ष्मणबहादुर पाण्डे हो भन्ने पर्यायवाचीका रुपमा परिचित भए ।
२०२४ साल माघ १९ गते बुवा तुलबहादुर पाण्डे र आमा खेमकुमारी पाण्डेको कोखबाट विनयी त्रिवेणी गाउँपालिका वडा नं. ४ थारु टोलमा जन्मेका पाण्डे सानैदेखि अन्याय अत्याचार नसहने स्वाभावका थिए । जहाँ थिचोमिचो हुन्छ त्यसको प्रतिकारमा उनको स्वर ठुलो थियो । विद्यार्थीकालदेखि वि.सं. २०४०बाट राजनीतिमा सक्रिय पाण्डे खुल्ला राजनैतिक परिवेश शुरु भएपछि २०४९ सालको स्थानीय निकायको चुनावमा स्नातकोत्तरको पढाइ छोडेर गाउँको नेतृत्वका लागि फर्के । नेकपा
(एमाले)ले तत्कालीन बेणीमनीपुर गाउँविकास समितिको अध्यक्ष पदमा उम्मेद्वार बनाएपछि उनको संसदीय राजनीतिमा प्रवेश भयो । पार्टीबाट २०४८ सालमा संगठित सदस्यता प्राप्त गरेका पाण्डे एक वर्षमै गाउँ विकास समितिको अध्यक्षको उम्मेदवार बनेर चुनाव जिते ।
तत्कालीन समयमा गाविस अध्यक्ष पदमा रहँदा गाविसमा विकास बजेट वार्षिक रु १५ हजार हुन्थ्यो त्यसले गाउँविकास गर्न सम्भव थिएन तापनि उनले जनसहभागितामा आधारित भएर बाटो निर्माण थाले । राजमार्गसँग गाउँ जोड्न सर्दी पिडरी हुँदै ब्रिटिस क्याम्प बाटो बनाउन पहल गरे । अहिले त्यही बाटो सडकको रुपमा विकास भएको छ । जनपक्षीय काम र पार्टीको नेतृत्व गर्न अवसर पाएका पाण्डे बेणीमनीपुर गाविसको एमालेको उपसचिव हुँदै २०५१ मा इलाका कमिटी सदस्य हुँदै २०५४ सालमा जिल्ला कमिटिको सदस्य हुन पुगे । पहिलो कार्यकाल राम्रो गरेका उनी दोस्रो पटकको गाविसको निर्वाचनमा अध्यक्ष पदमा २०५४ सालमा दोहोरिएर अध्यक्ष बन्ने मौका पाए ।
आफ्नो गाउँ आफै बनाऔं भन्ने अभियान अन्तर्गत सर्दीका टोल टोलमा बाटाहरु खोल्ने, ग्रावेल गर्ने, मूलबाटो तथा शाखा बाटोहरुमा कल्र्भट निर्माण तथा सडकको स्तरोन्नतिमा लागिरहे । विनयी खोलामा आउने बाढी र सर्पदशको टोकाइबाट बर्षेनी गाउँललेको ज्यान जाने भएपछि विनयी खोला र खहरेखोलाहरुको तटबन्धन कार्यलाई अगाडि बढाए । गाउँमै रोजगारीको क्षेत्रहरु पहिचान गर्न लागे । स्वास्थ्य उपचारका बाढीका बेला कष्ट हुने हुँदा खोलाहरुमा पुल निर्माणमा निरन्तर लागेका पाण्डे २०५९ सालमा गाविस अध्यक्षको पदावली सकिएपछि पनि सामाजिक काममा निरन्तर लागिरहे । देशमा द्वन्द्व मच्चिएको बेला पनि उनी गाउँको विकासमा लागिरहें ।
टुकीमा बालबालीका अध्ययन गर्दा बिहानमा बालबालीकाको नाकबाट कालो ध्वासो निस्किएको देखे पछि यस क्षेत्रमा बिद्युतीकरणको आवश्यक्ता छ भनेर सर्दी ग्रामीण बिद्युत सहकारी स्थापना गरी ग्रामीण क्षेत्रमा बिद्युत सेवा विस्तार गर्ने योजनामा लागे र घर घरमा बिजुली पु¥याए । सर्वदलीय संयन्त्र निर्माण गरी विकास निर्माणमा नेतृत्वदायी भूमिका खेले । सर्दीको जग्गा नाप नक्साको कामलाई अगाडि बढाए । सर्दी क्षेत्रको एक मात्र मावि दीपेन्द्र माविलाई उच्च मावि हुँदै सर्दी बहुमुखी क्याम्पस स्थापनामा उनले उल्लेखनीय भूमिका खेले । गाविसभित्र रहेका बिद्यालयमा भौतिक पूर्वाधार र गाविसको अनुदानमा शिक्षकको ब्यवस्था गर्ने काम पनि शुरु गरे । सर्दीको विकास निर्माणमा योजना बनाएर सबै दलसँग हातेमालो गरेर अगाडि बढ्न सक्ने खुवी पाण्डेमा छ ।
समग्र विकासका अगुवा पाण्डे जनप्रनिनिधि नहुँदा पनि सर्दीलाई उज्यालो बनाउन कम्मर कसे । दुई पटक गाविस अध्यक्ष हुँदा कुन निकायमा पुग्दा काम हुन्छ भन्ने राम्रो ज्ञान थियो । त्यसैले राष्ट्रिय प्रशारण लाइन जोड्ने अभियानमा लागे । बिद्युत् प्राधिकरणले काम नथालेपछि पाण्डेले सामुदायिक हिसावले उज्यालो सर्दी बनाउन अभियानको नेतृत्व गरे । २०६६ सालमा सर्दी ग्रामीण बिद्युत् वितरक सहकारी संस्था स्थापना गरी त्यसको संस्थापक अध्यक्ष बने । अहिलेसम्म उनी उज्यालो सर्दी बनाउने अभियानमा अनवरत रुपमा लागेका छन् । शुरुवातमा २०÷८० को कार्यक्रम अन्तर्गत प्रथम फेजमा बिद्युत प्राधिकरण केन्द्रबाट रु २ करोड ११ लाख उपभोक्ताबाट रु ३० लाख र गाविसबाट रु १० लाख बजेटको ब्यवस्था गरी थालिएको बिद्युतीकरण कार्यक्रमले अहिले सर्दी उज्यालो भएको छ । हाल विनयी त्रिबेणी गाउँपालिकाका वडा नं. ३, ४ र ५ वडा यही अभियानले उज्यालो बनेको हो । यस कार्यका लागि दोस्रो फेजमा केन्द्रबाट रु ५ करोड २७ लाख अनुदान र उपभोक्ताबाट रु ५३ लाख ५६ हजार एक सयको लगानी गरिएको छ । हाल सालै ११ वटा ट्रान्सफर्मरहरु थप गरी गुणस्तरीय बिद्युतीकरणमा बिद्युत विभागबाट थप रु १ करोड र सर्दी ग्रामीण बिद्युत सहकारीबाट रु १२ लाख ब्यवस्था गरी काममा लागेका पाण्डे सरकारी अनुदान , स्थानीय उपभोक्ता र स्थानीय स्रोत साधनको प्रयोग गरी विकास निर्माणबाट जनतालाई लाभ दिन सक्ने खुवी भएका नेता हुन् । तीन हजार चार सय घरधुरीमा यो अभियानबाट बिद्युतीकरण भएको छ ।
२०७८ सालमा नेकपा (एमाले) गण्डकी प्रदेश कमिट सदस्य रहेका उनी, भौतिक पूर्वाधार विकास, औद्योगिक विकास, पर्यटकीय क्षेत्रको विकास, कृषि उत्पादकत्वमा बृद्धि , शिक्षा, स्वास्थ्य तथा युवाहरुको रोजगारी बृद्धिका लागि काम गर्नुपर्ने धारणा राख्दछन् । सर्दीको पर्यटकीय धार्मिक क्षेत्रको विकासमा सर्व सिद्धिधामका लागि रु ५ लाख ५ हजार ५ सय ५५ दान गरेका छन् भने विनयी त्रिबेणी गाउँपालिकाको वडा नं. ३ को वडा कार्यालय निर्माणका लागि तीन कठ्ठा जमिन निःशुल्क उपलब्ध गराएका छन् । त्यो जमिनको अहिले प्रतिकठ्ठा रु १५ लाख पर्छ ।
अहिले नेकपा (एमाले)को तर्फबाट गण्डकी प्रदेश सभा २(ख) का उम्मेदवार पाण्डेले त्रिबेणी दुम्किबास, सर्दी पाल्पा सडक, अरुणखोला मिल्याल सडक, त्रिबेणीधामको पर्यटकीय विकास, दाउन्नेदेवी मन्दिर, गुम्बा, ल्लोहोसेधारा पर्यटकीय पूर्वाधार विकास, कृषि उत्पादनमा प्रबिधिको प्रयोग, त्रिबेणी भन्सारको ब्यवस्थापन, नारायणी नदीको कटान तथा विनयी अरुणखोला, गिरुवारी खोलमा बाढी आउदा हुने कटानहरुलाई ब्यवस्थित गर्ने, सडक सञ्जालमा सबै जनताको पुहँच पुर्याउने, शिक्षा, स्वास्थ्य जस्ता आधारभूत बिषयको ग्यारेन्टी गर्ने गरी काम गर्ने संकल्प पाण्डेको छ ।
उज्यालो सर्दी बनाउन सफल भएका उनै पाण्डेलाई नवलपुर क्षेत्र नं. २ को ख (गण्डकी प्रदेश)को आर्थिक सामाजिक, शौक्षिक विकास गर्ने लक्ष्य पूरा गर्ने योजनाका साथ निर्वाचनमा होमिनुभएको छ ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: pressnawalpur@gmail.com
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |