२०८० मंसिर २५, सोमबार
कावासोती । मंसिर चार गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै नवलपुरको कावासोतीमा आइतबार नमुना मतदान अभ्यास भएको छ ।
कावासोती स्थित कुमारवर्ती बहुमुखी क्याम्पसको प्राङगणमा भएको नमुना मतदान अभ्यास निर्वाचनमा खटिने कर्मचारीलाई लक्षित गरेर गरिएको हो । मतदानमा खटिने कर्मचारीहरुलाई प्रदान गरिएको तालिम अन्तरगत नै नमुना मतदान अभ्यास गरिएको हो ।
नवलपुर निर्वाचन क्षेत्र नं. दुईमा खटिने कर्मचारीहरु मतदान अभ्यासमा सहभागि भएका थिए । नमुना मतदानमा प्रत्यक्ष तथा समानुपातिक तर्फको मतपत्रबारे जानकारी गराउने, मतदानको प्रक्रिया, मतदानस्थल र मतदान केन्द्र तथा मतदान अधिकृत र सहायक कर्मचारीको भूमिकाबारे पनि अभ्यासबाट जानकारी गराउन नमूना मतदान गराइएको जिल्ला निर्वाचन अधिकारी लाल प्रसाद शर्मा भुसालले बताउनुभयो । निर्वाचनको दिनमा खटिने कर्मचारीहरुले कसरी काम गर्ने भन्ने बारेमा जानकारी दिन नमूना मतदान गरिएको उहाँले बताउनुभयो । अध्यासका क्रममा लाईन लाएर महिला पुरुषहरु मतदान केन्द्रमा छिरेका थिए । त्यसपछि मतदान अधिकृतले र सहायक कर्मचारीहरुले निभाउनुपर्ने भूमिका निभाएर मतपत्र प्रदान गरेका थिए । मतदाताले गोप्य मतदान गरि बाकसमा खसालेका थिए । अभ्यासका क्रममा एउटै मतदाताले चार वटा छुट्टाछुट्टै मतपत्र लिएर छुट्टाछुट्टै बुथमा गइ मत हाल्नुपर्ने हुँदा केही अलमलमा समेत परेका थिए ।
शनिबार नवलपुर क्षेत्र नं. एकमा खटिने कर्मचारीहरुले पनि नमूना मतदान अध्यास गरेका थिए ।
जिल्ला निर्वाचन कार्यालय प्रमुख शर्माका अनुसार जिल्लाको आठ पालिका मध्ये ६ वटा पालिकामा नमूना मतदान अध्यासको काम सम्पन्न भएको छ । अब बौदीकाली र बुलिङटारमा मात्रै बाँकी रहेको छ ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: pressnawalpur@gmail.com
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |