२०८१ श्रावण १२, शनिबार
प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन २०७९ लाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयमुक्त वातावरणमा सम्पन्न गर्न भन्दै कार्यालयले एक सूचना जारी गरेर मंगलबार राति १२ बजेदेखि निर्वाचन अवधि मदिरा बिक्री वितरण तथा सेवनलाई निषेध गरेको हो ।
प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले जिल्लाभरि मदिरा बिक्री र खुला रूपमा सेवन नगर्न नगराउन सार्वजनिक सूचना जारी गरी निर्देशन दिएको जानकारी दिए ।
जिल्लाका ८ वटै पालिकाका सुरक्षा निकायले पनि मदिरा बिक्री तथा सेवनलाई कडाइ गर्न सबै पालिकाका मातहतका प्रहरी कार्यालयलाई निर्देशन दिएको छ ।सूचनाको अवज्ञा हुने कार्य गरे – गराएमा प्रचलित कानून बमोजिम कारवाही गरिने जनाइएको छ ।
निर्वाचनको समयमा मदिरा सेवन बढ्न सक्ने र यसले शान्ति सुरक्षामा असर पार्न सक्ने भएकाले मदिराजन्य पदार्थ बिक्री एवं सेवनमा रोक लगाइएको प्रजिअ घिमिरेले बताउनु भयो ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: [email protected]
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |