२०८१ श्रावण १२, शनिबार
कावासोती । कावासोती नगरपालिका वडा नम्बर ४ का कृषक आशाराम चौधरीले तरकारी खेती गर्दै आउनु भएको छ । तरकारी खेती गर्दै आउनु भएको उहाँले यस पटक कावासोती नगरपालिकाले तरकारी उत्पादन वृद्धि गराउन मल्चिङ प्लास्टिक, टनेल निर्माणमा सहयोग गरेपछि राहत मिलेको छ । नगरपालिकाको सहयोगले आफ्नो लागत त घटेकै छ, उत्पादनमा पनि बृद्धि हुने अपेक्षा रहेको छ ।
उहाँ जस्तौ कावासोती नगरपालिका वडा नम्बर ४ हसौरामा विभिन्न कृषकहरुलाई तरकारीको विउ, मल्चिङ ,टनेलमा सहयोग गरिएको छ । यसले कृषकहरुलाई केहि राहत मिलेको छ भने उत्पादन बढ्ने समेत विश्वास छ । यहाँ अहिले काक्रो, टमाटर लहलह भएर हुर्किदै छ ।
हसौरा जस्तै कावासोती १६ को पिपे्ररिमा समेत नगरपालिकाको सहयोगमा यहाँका ९ जना कृषकले तरकारी खेतीलाई व्यवसायिक गराउने भनेर कस्सिएका छन् । सुर्योदय कृषक समूहमा आवद्ध ९ जना कृषकले मल्चिङ, टनेल निर्माणमा सहयोग प्राप्त गरेका छन् ।
पिपे्रनीका तलसीराम न्यौपानेका अनुसार नगरपालिकाको सहयोगले आफुहरु खुसी भएको र व्यवासयिक रुपमा तरकारी खेतीका लागि लागेको उहाँले बताउनुभयो । यस अघि पनि तरकारी लगाउदै आएको भएपनि मल्चिङ र टनेलखेती गर्दा उत्पादन बढेको उहाँको अनुभवन छ ।
कावासोती १७ बभनौलीका केहि कृषक समेत नगरपालिकाको सहयोगले लाभान्वित भएकाछन् । तरकारीको विउ देखि टनेल निर्माणमा सहयोग प्राप्त गर्दा आफ्नो उत्पादन लागत घट्ने र आम्दानी बढ्ने कृषकको भनाई रहेको छ ।
कोइकासँगको सहयोगमा तीन वटा वडामा तरकारी खेतीका लागि नगरपालिकाबाट गरिएका कार्यक्रमको कावासोती नगर प्रमुख फूल कुमारी थनेत सहितका कर्मचारीको उपस्थितीमा अनुगमन गरिएको छ ।
कृषकहरुमा प्रदान गरिउको सहयोग उपलब्धी मुलक रहेको र कृषकको चाहाना थप कृषिमा सहयोगको रहेको बताउँदै नगर उप प्रमुख थनेतले नगरबाट उपलब्ध गराउन सकिने हरेका प्रकारका सहयोग कृषकहरुलाई गरिने बताउनुभयो ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: [email protected]
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |