२०८१ श्रावण १२, शनिबार
नवलपुर । नवलपुरको कावासोतीमा स्केट खेलको मज्जा लिन सकिने भएको छ । नवलपुरमै कावासोतीको सभापतिचोकमा पहिलो पटक खुल्न लागेको स्केट पार्क सञ्चालनमा ल्याउने तयारी भएको ब्यवस्थापक पक्षले जनाएको छ ।
दश बर्ष बैदेशिक रोजगारका शिलसिलामा कोरिया वसेर स्वदेश फर्किएका रोम बहादुर कानुङ मगर र दिनेश मल्लले सञ्चालनमा ल्याउन लागेको उक्त पार्कको सुरुवाती लगानी ६० लाख रहेको जनाईएको छ ।
एक चरणमा ६० जना सम्मले स्केटिङ गर्न सकिने भौतिक पूर्वाधार अन्तिम चरणमा पुगेको सञ्चालक मल्लले बताए ।
किशोर किशोरी लक्षित गेम जोन बनाउने उदेश्यका साथ सञ्चालनमा ल्याउन लागिएको पार्कभित्रै विभिन्न परिकार सहितको होटल हस्पिटालिटी रहने समेत जनाईएको छ । यससँगै भावी दिनमा बाईक रेस, कार रेस र भिडियो गेम जस्ता खेलहरु थपिने समेत जनाईएको छ ।
स्केट पार्कको भोलि आइतवार प्रतिनिधि सभाका निवर्तमान सांसद तिलक महतले उद्घाटन गर्ने कार्यक्रम रहेको सञ्चालक कानुङ मगरले जानकारी दिए ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: [email protected]
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |