२०८१ श्रावण १२, शनिबार
कावासोती । रामप्रसाद नेपालीले जिल्लाको कावासोतीमा मादलको व्यापार गर्न थालेको २२ वर्ष पुगेको छ । मादल बेचेरै दुई दशक बिताउनु भएको उहाँको पसलमा यसपालि भने ग्राहको खासै चहलपहल छैन् । नयाँ मादल किन्नेको संख्या निकै न्यून रहेको छ । तिहारले छोपी सक्दा केही पुराना मादलमा खरी हाल्न आउने गरेकाछन् । तर नयाँ मादल किन्नेको संख्या निकै न्यून भएको नेपालीले बताउनुभयो । ‘तिहारले छोपी सक्यो , नयाँ मादल तेस्तै २५ वटा राखेको थिए लगभग सबै बाँकी छ, बिक्री भएको छैन्, पुरानो केही मादलमा खरी लगाउने काम बाहेक अहिले केही छैन’ मादल व्यवसायी नेपालीले भन्नुभयो ‘तिहारमा मादलको किनबेचमा ग्राहको चहलपहल छैन’
पछिल्लो केही दिन यता दैनिक दशवटा जतिका दरले पुराना मादलमा खरी लगाउने काम आउने गरेको उहाँको भनाई छ । २२ वर्ष देखि हुलाकी मादल पसल सञ्चालन गर्दै आउनु भएका नेपालीका अनुसार पछिल्लो ५ वर्ष यता तिहारमा मादलको व्यापारमा कमी आउँदै गएको बताउनुभयो । त्यस अघि सम्म नयाँ मादल राम्रै बिक्री गर्दै आएको भएपनि अहिले क्रमश व्यापारमा कमी हुँदै गएको उहाँको भनाइछ । ‘पहिले तिहारमा नयाँ मादलको माग धेरै हुन्थ्यो, खरी लगाउने काम पनि भ्याइ नभ्याई हुने गर्थ्यो तर केही वर्ष यता घट्दै गएको छ’ उहाँले भन्नुभयो ।
मादलबाट पहिले राम्रै आम्दानी हुने गरेको भएपनि अहिले बिक्रीमा कमी हुँदा आम्दानी समेत घट्दै गएको उहाँले बताउनुभयो । तर वर्षौँदेखि आफूले जानेको सिप ,किन खाली बस्नु भनेर यही व्यवसाय गरिरहेको नेपालीले बताउनुभयो ।
अहिले उहाँले नयाँ मादल आकार हेरि रु. २ हजार ५०० देखि रु. ६ हजार सम्ममा बेच्ने गरको बताउनुभयो । यस्तै पुरानो मादल मर्मत र खरी लगाउन भने कम्तिमा रु. १२ लाग्ने नेपालीले बताउनुभयो ।
पछिल्लो समय तिहारको देउसी भैलोमा ‘डेक’ बजाउने चलन भित्रिएसँगै मादलको व्यापारमा कमी आएको उहाँले बताउनुभयो । पहिले मादल बजाएर मादलकै भरमा देउसी भैलो खेल्ने चलन भएपनि हिजो आज कलाकारका गीत ‘डेक ’ मा बजाएर देउसी भैलो खेल्ने गर्दा मादलको प्रयोग घट्दै गएको उहाँको भनाई छ । ‘पहिले मादल नभई देउसी भैलो हुन्थेन , अहिले डेकमा गीत बजायो, नाच्यो, सजिलो भयो, त्यसैले मादल खोज्ने कम हुनथाले’ नेपालीले भन्नुभयो ।
पहिले पहिले देउसी भैलो खेल्ने समूह टोल टोलमा हुने र मादलकै भरमा गाउने नाच्ने चलन भए पनि हिजो आज त्यसमा कमी आएको देवचुलीका प्रेमनारायण रिमालले बताउनुभयो । भएपनि मादलको तालमा गीत गाउने, देउसी भट्ट्याउने चलनमा कमी हुँदै गएको उहाँले बताउनुभयो । ‘पहिले हाम्रै टोलका दुई ,तीन समूह देउसी भैलो खेल्ने हुन्थे , मादलको तालमा देउसी भट्ट्याउने, गाउने ,नाच्ने चलन थियो, अहिले गाउँघरमा यस्ता टोली हराउँदै गए’ रिमालले भन्नुभयो ‘कहि कतै समूहमा देउसी खेल्न हिडे पनि यसो देउसी भट्टाए जस्तो गर्यो, डेकमा गीत लगायो नाच्यो , सजिलो भयो।’ डेकका गीतमा नाच्ने र देउसी खेल्ने गरेपनि पुरानो संस्कृति र देउसी भैलो खेल्दा विभिन्न विषयलाई जोडेर भट्ट्याउने चलनलाई पनि कायम राख्नुपर्ने उहाँको भनाइछ ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: [email protected]
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |