२०८१ श्रावण १२, शनिबार
दलदले । नवलपुर क्षेत्र नम्बर १ बाट लौरो चुनाव चिन्ह लिएर चुनावमा होमिनुभएको तुलसीराम भुसासले सुशासन र विकासका लागि आफ्नो उम्मेदवारी भएको बताउनुभएको छ । पुराना दलहरू पटक पटक सरकारमा पुगेपनि जनताको पक्षमा नीति निर्माणका काम, सुशासन र विकासका काममा असफल भएको भन्दै त्यसको विरुद्ध आफ्नो उम्मेदवारी भएको बताउनु भएको छ ।दलदलेमा पत्रकार सम्मेलनमा बोल्दै भुसालले कुनै व्यक्ति विरुद्धको आफ्नो उम्मेदवारी नभएर यस क्षेत्रको विकास र समृद्धिका लागि चुनावी मैदानमा उत्रिएको बताउनुभयो ।
दलदले सहारा पार्टी प्यालेस नजिकै “लौरो अभियान” नवलपुरको जिल्ला सम्पर्क कार्यालयको स्थापना सँगै पत्रकार सम्मेलन कार्यक्रममा बोल्दै भुसालले यहाँको पूर्वाधार विकास, निशुल्क शिक्षा नीति र स्वास्थ्यको क्षेत्रको विकास, कृषि र पर्यटन मार्फत आर्थिक विकासमा काम गर्ने आफ्नो योजना रहेको बताउनुभयो ।
कार्यक्रममा प्रदेश सभा सदस्य क्षेत्र नं २ (क) का यदुनाथ सिग्देलले यो देशलाई सुखी र समृद्ध बनाउनका निम्ति आफ्नो उम्मेदवारी रहेको बताउनुभयो । उनले देश परिवर्तन भएपनि जनताको अवस्था उस्तै रहेकाले आफूहरू चुनावी मैदानमा उत्रिनुपरेको बताउनुभयो । देशको विकास पुराना दल भन्दा स्वतन्त्रबाट हुने बताउँदै नवलपुरमा चार जना उम्मेदवार स्वतन्त्र रुपमा लौरो चुनाव चिन्ह लिएर उभिएको बताउनुभयो । लौरो चुनाव चिन्हका लागि हाम्रो नेपाली पार्टी डमी पार्टीका रुपमा सहमति भएअनुसार आफ्ना उम्मेदवारहरू खडा भएको बताइएको छ ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: [email protected]
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |