२०८१ श्रावण १२, शनिबार
नवलपुर । मंसिर ४ गते हुने संघ र प्रदेश निर्वाचनमा नवलपुरमा २४ सय बढि कर्मचारी खटिने भएका छन् । नवलपरासी ( बर्दघाट सुस्तापूर्व ) नवलपुरमा मंसिर ४ गते हुने निर्वाचनका लागि २ हजार ४१६ कर्मचारी परिचालन गरिने जिल्ला निर्वाचन कार्यालय नवलपुरका प्रमुख लालप्रसाद शर्मा भुसालले जानकारी दिनुभयो ।
निर्वाचन सम्पन्न गर्नका लागि यहाँ रहेका हरेक मतदन केन्द्रमा मतदान अधिकृत सहित ८ जना कर्मचारी परिचालन हुने उहाँले बताउनुभयो । जिल्लामा एक सय १३ मतदान स्थल र ३०२ मतदान केन्द्र रहेका छन् । प्रत्ययक मतदान केन्द्रमा ८ जनाका दरले कर्मचारी परिचालन गरिने छ । दुई सय ५० सम्म मतदाता भएकाको केन्द्रमा ६ जना र त्यो भन्दा धेरै मतदाता भएमा ८ जना कर्मचारी खटाउने योजना अनुसार जिल्ला भर २ हजार ४१६ कर्मचारी परिचालन गरिने निर्वाचन कार्यालय प्रमुख भुसालले बताउनुभयो । नवलपुरमा २ सय ५० भन्दा कम मतदाता भएको मतदान केन्द्र नरहेको उहाँले बताउनुभयो । २५१ भन्दा धेरै मतदाता भएको केन्द्रमा ८ जना कर्मचारी परिचालन गरिने र आवश्यक परे मतदान अधिकृतले स्वयं सेवक खटाउन सक्ने उहाँले बताउनुभयो ।
यस बाहेक नवलपुरमा दुईवटा सम्म अस्थाई मतदान केन्द्र हुने सक्ने कार्यालय प्रमुख भुसालले बताउनुभयो । जिल्लामा रहेका सुरक्षाकर्मी, कर्मचारीहरूका लागि बढिमा दुई वटा सम्म अस्थाई मतदान केन्द्र निर्माणको विषयमा छलफल भइरहेको तर अझै टुङ्गो भने नलागेको उहाँको भनाई छ । अस्थाई मतदान केन्द्रबाट संघीय समानुपातिक तर्फमात्रै मतदान गर्न सकिने छ ।
जिल्ला निर्वाचन कार्यालयले मतदाता शिक्षा समेत सञ्चालनको तयारी गरेको गरेको छ । जिल्लामा रहेका सबै पालिकामा पालिका स्तरबाट निर्वाचन शिक्षाको कार्यक्रम सञ्चालनको तयारी गरिएको उहाँको भनाई छ । ‘मत बदर नहोस् भनेर हरेक पालिका स्तरमा मतदाता शिक्षा सञ्चालनको तयारी छ, सम्भवत यसपटक पालिकालाई नै मतदाता शिक्षा सञ्चालनको जिम्मेवारी प्रदान गरिने छ’ कार्यालय प्रमुख भुसालले भन्नुभयो । कात्तिक २ गते पछि मतदाता शिक्षा कार्यक्रम सञ्चालन गर्ने तयारी रहेको उहाँको भनाई छ ।
दुई संघीय निर्वाचन र चार प्रदेश सभा निर्वाचन क्षेत्र रहेको नवलपुरमा कुल मतदाता २ लाख ६० हजार ४६२ रहेका छन् । जसमा पुरुष १ लाख २४ हजार ३३६ र महिला मतदाताको संख्या १ लाख ३६ हजार १२१ मतदाता रहेका छन् ।
संघीय निर्वाचन क्षेत्र नम्बर १ मा कुल मतदाता १ लाख ३१ हजार १८१ रहेका छन् । क्षेत्र नम्बर २ मा १ लाख २९ हजार २८० मतदाता रहेका छन् । प्रदेशतर्फ १ (१) मा ६३ हजार ५३५ ,१ (२) मा ६७ हजार ६४६ , २ (१) मा ६४ हजार ५१८ र २ (२) मा ६४ हजार ७६२ मतदाता रहेका छन् ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: [email protected]
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |