२०८१ श्रावण १२, शनिबार
देवचुली । आगामी मंसिर ४ गते हुने संघ र प्रदेशको निर्वाचनको मिति नजिकिँदै गर्दा नेकपा एमालेले संगठन परिचालन र प्रचार प्रसारलाई तिब्रता दिन थालेको छ । नेकपा एमाले क्षेत्रिय समन्वय कमिटी क्षेत्र नं। १ को आज सम्पन्न बिस्तारित बैठकले क्षेत्रिय समन्वय कमिटीका स( संयोजक राम प्रसाद मरासिनी संयोजक र खिमान्नद भुसाल सचिव रहेको ६ हजार ५०१ सदस्य प्रचार प्रसार समिति गठन गरेको नेकपा एमाले जिल्ला प्रचार विभाग प्रमुख सागर पोख्रेलले जानकारी दिनुभयो । प्रचार प्रसार समितिमा क्षेत्रिय समन्वय समितिका स संयोजक सहित कमिटीका सबै सदस्यहरु, प्रदेश स्तरिय क्षेत्रिय कमिटी क र ख का सबै, २३ बटा भातृ संगठनका केन्द्र देखि जिल्ला कमिटी सबै, नगर र गाउँ कमिटी सबै , बडा कमिटी सबै , जिल्ला पाटि स्तरिय बिभाग, भातृ संगठनको विभागिय सदस्यहरु, स्थानिय निर्वाचनमा उप विजेता बनेका सबै सदस्य रहने गरि ६ हजार ५०१ सदस्य प्रचार प्रसार समिति गठन गरिएको पोख्रेलले जानकारी दिनुभयो ।
नवलपुर जिल्ला क्षेत्र नं। १ विकासको हिसावले किन पछि पर्यो रु बहुदल स्थापना देखि हाल सम्म यस क्षेत्रबाट पठाएका जनप्रतिनिधिले आर्थिक, सामजिक र विकासबाट किन पछि पर्यो सो को कारण सहित मतदाताको घरदैलोमा पुर्याउन, विगतमा नेकपा एमालेले गरेका विकासको योजनाहरुलाई तल्लो स्तर सम्म पुर्याउन प्रचार प्रसारलाई चलायमान बनाउन ६ हजार ५०१ सदस्यीय प्रचार प्रसार समिति गठन गरिएको क्षेत्रिय समन्वय संयोजक एवम् निर्वाचन परिचालन समिति संयोजक नारायण तिमल्सिनाले बताउनु भयो ।
विस्तारित बैठकले क्षेत्रिय समन्वय समिति संयोजक नारायण तिमल्सिना संयोजक रहने गरि निर्वाचन क्षेत्र नं। १ निर्वाचन परिचालन समिति गठन गरेको छ भने समितिको सचिवमा धर्मदत्त भुसाल रहनुभएको छ ।
विस्तारित बैठकले यमुनाथ आचार्य संयोजक र सह संयोजक दिपकराज लम्साल रहेको आर्थिक व्यावस्थापन समिति, र टोपरमज कोईराला संयोजक रहेको छपाई तथा प्रकाशन समिति गठन गरेको छ । युवा परिचालन संयोजक कृष्ण कण्डेल, महिला परिचालन संयोजक कोपिला पौडेल र विध्यार्थि परिचालन संयोजक बिष्णु पौडल रहेका छन ।
बैठकमा प्रतिनिधि सभा सदस्य उम्मेदवार कृष्ण पौडेल, प्रदेश सभा सदस्य उम्मेदवार रविन्द्र अधिकार, रोशन बहाद गाहा मगर र एमाले जिल्ला कमिटी अध्यक्ष मुक्तिराम पाण्डेले सम्वोधन गर्नुभएको थियो ।
क्षेत्रिय समन्वय समिति संयोजक नारायण तिमल्सिनाको अध्यक्षतामा सम्पन्न बैठकले नेकपा एमालेका सुर्यध्वजाबाहाक सबै उमेदवारहरुलाई विजयि गराउदै नवलपुर क्षेत्र न १ को विगतको संसदिय विरासतलाई परास्त गर्ने निर्णय समेत गरेकोे छ ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: [email protected]
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |