२०८१ श्रावण १२, शनिबार
कावासोती ।
‘हट्यो सारा हिलो मैलो ,हरायो पानीको वर्षा,
भवानीको भयो पुजा ,चल्यो आनन्दको वर्षा’
कवि शिरोमणि लेखनाथ पौड्यालका यि कविताले भनेका भाव जस्तै यसपालिको दशैँ भने भएन । नेपालीहरूले प्रमुख चाड बडादशैँ मनाउने तरखर गर्दा यसपालि झरीले स्वागत गर्यो र झरीले नै बिदा गर्यो । अविरल वर्षाका कारण कतिपयले दशैँ सहज रुपमा मनाउन पाएनन् । कोही दशैँकै समयमा डुबानका कारण घरबार छाडी विस्थापित हुनु पर्यो । राजमार्ग र मुख्य सडकहरूमा गएको पहिरोका कारण यात्रुले कष्टकर यात्रा गर्न बाध्य भए । किसानको पाक्न लागेको धान बाढीले डुबायो । दशैँ मनाउन आफन्तकोमा पुगेका कति वर्षाले सडक बिग्रिँदा समस्यामा परे । घरमै हुनेले पनि झरीका कारण दिल खोलेर दशैँको मज्जा लिन पाएनन् । धेरैका लागि कष्टपूर्ण बनि यसै गरि झरीसँगै बडादशैँ बिदा हुँदै छ ।
नवलपुरमा पनि यस्तै परिवेश धेरैले व्यहोरे । जिल्लामा लगातार चार दिन सम्म परेको झरीका कारण एक सय ४४ घर परिवार बाढीको डुबानमा परि विस्थापित बनेकाछन् । नवलपरासी ( बर्दघाट सुस्तापूर्व ) नवलपुरका चार पालिका गैँडाकोट , मध्यविन्दु , हुप्सेकोट र विनयी त्रिवेणीका गरि एक सय ४४ घर परिवार बाढीको डुबानका कारण विस्थापित भएका हुन् । जिल्ला प्रहरी कार्यालय नवलपरासी ( बर्दघाट सुस्तापूर्व ) नवलपुरका सूचना अधिकारी सन्तोष पाठकका अनुसार अविरल वर्षाका कारण गैँडाकोटमा ८० घर, मध्यविन्दुका २० घर, विनयी त्रिवेणीका २८ घर, हुप्सेकोटका १६ घर गरि एक सय ४४ घर बाढीले गर्दा डुबानमा परि विस्थापित बनेका छन् ।
विस्थापितहरू क्याम्पस, विद्यालय, सार्वजनिक भवन तथा वन क्षेत्रका खाली चौरमा त्रिपाल टाँगी आश्रय लिएका छन् । नारायणी नदि , विनयी खोला सहितका खहरे खोलामा आएका बाढीका कारण र पहिरोको जोखिममा भएका परिवार विस्थापित बनेका हुन् ।
अविरल वर्षाले घरपरिवार विस्थापित सँगै जिल्लाको मुख्यगरि सडक पूर्वाधारमा ठूलो क्षति पुर्याएको छ । अविर वर्षाले पहाडी क्षेत्रको बाटोहरू अस्तव्यस्त बनेको छ । ठाउँ ठाउँमा गएका पहिरोका कारण नवलपुरको पहाडी क्षेत्रको सदरमुकामसँग को यातायात सम्पर्क टुटेको छ । जिल्लाको बौदिकाली , बुलिङटार दुई पालिकाको यातायात सम्पर्क पूर्ण रुपमा टुटेको छ । हुप्सेकोट, मध्यविन्दु, विनयी त्रिवेणीका पहाडी क्षेत्रहरूमा यातायात चल्न सक्ने अवस्था छैन् । पहाडी क्षेत्रको लागि मुख्य नाका मानिने कुमसोत –पोखरी खण्ड अन्र्तगत हुप्सेकोट –५ पाङ्गे्रमा गएको पहिरो अझै हटाउन नसक्दा यातायात संचालन पूर्ण रुपमा अवरुद्ध रहेको छ । जिल्लाको कालिगण्डकी करिडोर क्षेत्रका विभिन्न ठाउँमा पहिरो गएको सूचना अधिकरी पाठकले बताउनुभयो । बुलिङटार –६ फुलमती भन्ने स्थान र बौदिकाली –३ मा झरेको पहिरोले सो खण्डमा समेत यातायात संचालन हुन सकेको छैन् ।
अविरल वर्षाको समयमा जिल्लामा कुनै मानवीय क्षति नभएपनि जिल्लाको विनयी त्रिवेणी गाउँपालिका –१ , मा १ सय ५० विघा क्षेत्रफलको धानबाली डुबानमा परि नष्ट भएको छ । बुलिङटार –४ , जौवारीमा चारवटा बाख्राको मृत्यु भएको छ । प्रहरीका अनुसार बौदिकाली तीन घर , बुलिङटारमा ६ घर र ५ गोठमा अविरल वर्षका कारण क्षति पुगेको छ ।
अविरल वर्षासँगै पानीका मुहान धमिलो हुँदा कतिपय स्थानमा खानेपानीको समस्या समेत परेको सूचना अधिकारी पाठकले बताउनुभयो । प्राप्त जानकारी अनुसार जिल्लाको हुप्सेकोट क्षेत्र र बुलिङटार गाउँपालिका –३,मा खोनेपानीको समस्या भएको उहाँले बताउनुभयो ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: [email protected]
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |