२०८१ श्रावण १२, शनिबार
कावासोती । बुधबारदेखि परेको अविरल वर्षाका कारण नदी तथा खोलाहरुमा पानीको सतह बढेर जोखिम बढेपछि ति क्षेत्रको अवलोकन गरिएको छ । निवर्तमान सांसद तिलक महत, जिल्ला समन्वय समिति प्रमुख बाबुराम विश्वकर्मा, कावासोती नगरपालिका नगर प्रमुख विष्णुप्रसाद भुसाल, मध्यविन्दुका नगर प्रमुख भिमलाल अधिकारी, कावासोती उप प्रमुख फूलकुमारी थनेत,नेकपा एमाले कावासोती नगर कमिटि अध्यक्ष रामकृष्ण ढुङ्गाना सहितको टोलीले नारायणी तटिय क्षेत्र सहित कावासोतीका विभिन्न स्थानको अवलोकन गरेको हो ।
बाढीले पुर्याउन सक्ने क्षती र रोकथामका उपायका बारेमा योजना बनाउन तथा जोखिमको अवस्था हेरी उद्धारको तयारीका लागि टोलीले अवलोकन गरेको हो । अविरल वर्षका कारण नारायणी तटीय क्षेत्रमा डुबानको जोखिम बढेको छ । यता खहरे खोलाहरुमा समेत बाढी आएकाले डुबान तथा कटानको जोखिम रहेकाले सम्बन्धीत क्षेत्रका बासिन्दालाई सुरक्षित रहन आग्रह गर्न समेत टोलीले ती क्षेत्रको अवलोकन गरेको हो ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: [email protected]
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |