२०८१ श्रावण १२, शनिबार
नवलपुर । लगातार परेको वर्षाका कारण नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको त्रिवेणी स्थित गण्डक ब्यारेजमा नारायणी नदिको जलसतहले चेतावनी तह पार गरेको छ । बिहान १० बजेको मापन अनुसार गण्डक ब्यारेजमा नारायणी नदीको पानी २ लाख ८६ हजार ८ सय क्युसेक मापन गरिएको जिल्ला प्रहरी कार्यालय (नवलपरासी सुस्तापूर्व) नवलपुरका सूचना अधिकारी सन्तोष पाठकले जानकारी दिनुभयो । गण्डक व्यारेजमा २ लाख ५० हजार क्युसेक जलसतह पुगे पछि चेतावनी र तीन लाख क्युसेक पुगे खतराको तह मानिन्छ ।
नारायणी नदिमा पानीको सतह बढेपछी प्रहरीले गैँडाकोट, मध्यविन्दुको कोल्हुवा र त्रिवेणी क्षेत्रमा सचेत रहन माइकिङ गरेको छ ।
गण्डक ब्यारेजमा पानीको सतह चेतावनीको तह पार गरेपछि ब्यारेजका सबै ३६ वटा ढोका खोलिएको छ । बिहान २२ वटा ढोका खोलिएकोमा पानीको सतह थप बढेसँगै १० बजेपछि सबै ढोका खोलिएको सूचना अधिकारी पाठकले जानकारी दिनुभयो ।
पानीको सहत बढ्दा त्रिवेणीबाट नदिको भाथिल्लो भेग कोल्हुवा, पिठौली, देखि गैंडाकोट सम्म पानीको सतह बढ्न गई डुबान हुने खतरा बढ्छ । यस कारण ब्यारेजका सबै ढोका खोलिएको हो । पानी ब्यारेजमा थुनिदा ड्याम फुट्ने जोखिम समेत उत्तिकै हुने गर्दछ । भारतिय पक्षसँग समन्वय गरि नेपाल र भारतर्फ पर्ने गण्डक ब्यारेजका सबै ढोका खोलिएको हो । नारायणी नदीमा पानीको सतह बढेकाले नदी तटिय क्षेत्रका बासिन्दालाई सर्तकता अपनाउन प्रहरी प्रशासनले आग्रह गरेको छ ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: [email protected]
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |