२०८० मंसिर २०, बुधबार
कावासोती । नवलपुरको कावासोती दुई स्थित कुमारवर्ती क्याम्पस रोड व्यवसायी संघले दशैँ तिहार उपहार कार्यक्रम ल्याएका छन् ।
नेपालीहरूको महान पर्व दशैँ , तिहार , छठ पर्वको अवसर पारेर व्यवसायीहरूले यस वर्ष उपहार कार्यक्रम आयोजना गरेका हुन् । चाडपर्वका बेला ग्राहकलाई आकर्षण गर्न यहाँ व्यवसाय गर्ने व्यवसायीहरू मिलेर उपहार कार्यक्रम राखेको व्यवसायी ईश्वर सापकोटाले जानकारी दिनुभयो ।
कुमारवर्ती रोडमा आएर किनमेल गर्ने ग्राहकले उपहार कार्यक्रममा सहभागि हुन कुपन प्राप्त गर्नेछन् । र उक्त कुपन कात्तिक ६ गते खुला गरिनेछ । भाग्यशाली ग्राहकले उपहार कार्यक्रममा राखिएका खसी , राइस कुकर , प्रेसर कुकर , घडी लगायतका उपहार सामाग्री जित्न सक्नेछन् ।
आफ्नो व्यवसाय बढाउन र व्यवसायीहरू एकजुट छन भन्ने सन्देश दिन पनि आफूहरूले यस पाली कार्यक्रम ल्याएको सापकोटाले बताउनुभयो । व्यवसायीहरू मिलेर कुमारवर्ती रोडलाई सजाएर झिलीमिली समेत पारेका छन् ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: pressnawalpur@gmail.com
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |