२०८१ श्रावण १२, शनिबार
नवलपुर । विश्व पर्यटन दिवसको अवसरमा नवलपुर प्रेसका प्रबन्ध निर्देशक दयाराम आचार्य सम्मानित हुनुभएको छ ।
नवलपुर होटल व्यवसायी संघ जिल्ला कार्यसमिति नवलपुरले आज कावासोतीमा आयोजना गरेको पर्यटन प्रवर्द्धन विशेष कार्यक्रममा प्रबन्ध निर्देशक आचार्यलाई सम्मान गरिएको हो । जिल्लाको पर्यटन प्रवर्द्धनमा कलमका माध्यमबाट खेलेको भूमिकालाई कदर गर्दै उहाँलाई सम्मान गरिएको हो ।
कार्यक्रममा प्रमुख अतिथि जिसस प्रमुख बाबुराम विश्वकर्मा , अध्यक्ष सन्तोस रानाले सम्मान पत्र प्रदान गर्नुभएको थियो । नवलपुर प्रेसका प्रबन्ध निर्देशक सहित जिल्लामा पर्यटन प्रवर्द्धनमा लागि पर्ने विभिन्न व्यक्तिहरूलाई समेत सम्मान गरिएको थियो ।
आचार्य नवलपुर प्रेस सहित रासस ,उज्यालो रेडियो नेटवर्क सहितका विभिन्न संचार माध्यममा आवद्ध रहनु भएको छ ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: [email protected]
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |