२०८१ श्रावण १२, शनिबार
कावासाेती । उधाेगी , व्यवसायीहरुलाई कर सम्बन्धि जानकारी प्रदान गर्ने उधेश्यले कावासाेतीमा कर शिक्षा कार्यक्रम सम्पन्न भएको छ । नवलपुर उधाेग बाणिज्य संघ कावासाेतीकाे आयाेजना , आन्तरिक राजश्व कार्यालय कावासाेती , घरेलु तथा साना उधाेग कार्यालय नवलपुरकाे सहकार्य र मुख्यमन्त्री कार्यालय गण्डकी प्रदेशको सहयाेगमा कार्यक्रम भएको हाे ।
कार्यक्रममा आन्तरिक राजश्व कार्यालय कावासाेतीका प्रमुख ज्ञानहरि पन्थि , घरेलु कार्यालय नवलपुरका प्रमुख सागर खनाल , राजश्व कार्यालयका कुसुम सिग्देल ,कमलराज बरालले कर प्रणाली , उधाेग दर्ता , नविकरण , करका प्रावधान लगायतका विषयमा जानकारी प्रदान गरेका थिए ।
कर शिक्षा कार्यक्रममा शुभकामना मन्तव्य राख्दै निवर्तमान अध्यक्ष डासुराज पाेखरेलले उधाेगी ,व्यवसायी करका विषयमा कतिपय समय अलमल पर्ने हुदा करकाे बारेमा जानकारी राख्नुपर्ने बताउनुभयो । उधाेग बाणिज्य संघले व्यवसायीकाे हितमा काम ,केही समस्या पर्दा सराेकारवालासँग समन्वय गर्ने भएपनि गलत काम भएको भए त्यसकाे बचाउमा भने नलाग्ने बताउनुभयो ।
विभिन्न उधाेगी , व्यवसायीकाे उपस्थिति रहेकाे कार्यक्रम नवलपुर उधाेग वाणिज्य संघका अध्यक्ष वैकुण्ठप्रसाद अर्यालकाे अध्यक्षता ,महासचिव सागर पाेखरेलकाे संचालन र वरिष्ठ उपाध्यक्ष भेषबहादुर अधिकारीकाे स्वागतमा कार्यक्रम भएको थियाे ।
करका विषयमा नबुझ्दा विभिन्न समस्या पर्ने गरेकाले यस विषयमा आउन सक्ने समस्या पूर्वनै समाधान गर्न सहयोग पुगाेस भनेर कर शिक्षा कार्यक्रम राखिएको अध्यक्ष वैकुण्ठ प्रसाद अर्यालले बताउनुभयो ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: [email protected]
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |