२०८१ श्रावण १२, शनिबार
कावासोती । बालिका अधिकार संरक्षण र सम्बद्र्धनमा जनप्रतिनिधि र सरोकारवालाको भूमिका सम्बन्धी छलफल कार्यक्रम कावासोतीमा शुक्रबारदेखि सुरु भएको छ ।
जागृति बाल तथा युवा सरोकार नेपाल र क्यानालनको सहकार्यमा आयोजना गरिएको कार्यक्रममा कावासोती नगरपालिका र देवचुली नगरपालिकाभित्रका जनप्रतिनिधि र सरोकारवाला विभिन्न सङ्घसंस्थाका प्रमुख, प्रतिनिधिहरूको सहभागिता रहेको छ ।
पहिलो दिन सहजकर्ता विष्णु खत्रीले सहजीकरण गर्दै बालिका अधिकारका सवालमा नेपालको प्रतिबद्धता , संवैधानिक तथा कानूनी व्यवस्था , बालिका सवालहरुको सम्बोधनमा स्थानीय तहको जिम्मेवारी र भूमिकाको विषयमा जानकारी गराउनुभयो । यस्तै किशोरीमैत्री परिवार , समुदाय , विद्यालय , सार्वजनिक सेवा , सरोकारका क्षेत्रहरू लगायतका बारेमा समेत उहाँले जानकारी गराउनुभयो । उहाँले बालबालिकाको भविष्य निर्माण गर्नुमा सबैभन्दा ठूलो भूमिका अभिभावकको हुनेमा जोड दिनुभयो । बालबालिका जिम्मा विद्यालयलाई दिएर अभिभावकहरू उम्कने परिपाटी रहेको जिकिर गर्दै अभिभावकले आफ्नो बालबालिकाले विद्यालयमा कसरी पढेको छ के गर्छ भनेर समय समयमा विद्यालयमा गएर बुझनु आवश्यक रहेकोमा जोड दिनुभयो । उहाँले अभिभावकले आफ्ना बालबालिकालाई माया सँगै समय दिन एकदमै आवश्यक रहेको बताउनुभयो ।
पहिलो दिन सहभागीहरूको तर्फबाट कावासोती , देवचुली गरि दुई वटा समूह बनाई बालिकाका सवालमा स्थानीय तहमा भएका प्रयास वा काम , उपलब्धि , सिकाइ र चुनौतीहरूका बारेमा प्रस्तुतीकरणको कार्यक्रम रहेको थियो । कावासोती र देवचुली नगरपालिका दुवै पालिकामा भएका प्रयास र कामहरूमा घरयासी सेनेटरी प्याड निर्माण र प्रयोग सम्बन्धी तालिम , बालिकाको क्षमता अभिवृद्धि तालिम , कानूनी सचेतना , किशोरी आत्मरक्षा तालिम , बालिका सशक्तिकरण रेडियो कार्यक्रम, छात्रवृत्ति तथा पोशाक वितरण , खेलकुदमा किशोरी सहभागिता लगायतका काम भएको उल्लेख गर्नुभएको थियो ।
किशोरीको सवालमा सबै पक्षहरूमा छलफल र अन्तरकृया गरेर शनिबार ( भोलि ) कार्ययोजना निर्माण गर्दै कार्यक्रम सम्पन्न हुने जागृती बाल तथा युवा सरोकार नेपालका महासचिव दीपक शर्माले जानकारी दिनुभयो । उहाँले विषेश गरेर बालिकाको अधिकार , आत्मसुरक्षा , सुरक्षित महिनावारी लगायतका विषयमा संस्थाले काम गर्दै आएको बताउनुभयो ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: [email protected]
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |