२०८१ श्रावण १२, शनिबार
कावासोती । कारितास नेपालको सरोकारवालासँग को बैठक कार्यक्रम आज भएको छ । कावासोती नगरपालिका सभाहलमा भएको कार्यक्रममा कारितास नेपालले गत आर्थिक वर्षमा गरेका काम र चालु आवमा गर्ने योजनाका विषयमा जानकारी प्रदान गरिएको थियो ।
कारितास नेपालका क्षेत्री कार्यालय गैंडाकोट प्रमुख शंकर कुमार पौड्यालले कारितास नेपालका उद्येश्य, लक्ष्य लगायतका कार्यका बारेमा जानकारी प्रदान गर्नुभएको थियो ।
यसै गरि प्राविधिक अधिकृत राजन राईले एकीकृत शुत्रु जिव व्यवस्थापन कार्यक्रम अन्र्तगत गरिएका कामका बारेमा प्रस्तुतीकरण गर्नुभएको थियो भने केन्द्रिय कार्यालयका कार्यक्रम प्रमुख बाल कुमारी लामाले नेपाल जीविकोपार्जन तथा उत्पादनशीलता कार्यक्रम अन्र्तगत भएका कार्यक्रम र चालु आवमा गरिने काम तथा हाल सम्म भएका उपलब्धीका बारेमा जानकारी प्रदान गर्नुभएको थियो ।
जिल्लाको कावासोती र मध्यविन्दु नगरपालिकामा सञ्चालित कार्यक्रमबाट उत्पादन र उत्पादकत्व वृद्धिमा सहयोग पुगी आय आर्जनमा टेवा पुर्याएको प्रस्तुतीकरण समयमा बताइएको थियो । रसायनको प्रयोगमा कमी, जैविक मलको प्रयोग, वातावरण मैत्री दिगो कृषिमा कार्यक्रमले टेवा पुर्याएको छ ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि एव कावासोती नगरपालिका प्रमुख विष्णुप्रसाद भुसालले थोरै लगानीमा पनि आर्थिक अवस्था कमजोर भएका वर्गको जिविकोपार्जनमा सहयोग पुर्याउन कार्यक्रमले सहयोग पुगेको बताउनुभयो । उहाँले कार्यक्रम उपलब्धिमूलक रहेको बताउनै कावासोती नगरपालिकाले समेत नगर भित्रका विभिन्न कृषि योग्य भूमि रहेका वडा केन्द्रित गरि विशेष कृषि कार्यक्रम सञ्चालन गर्न लागेको बताउनुभयो । कृषिको आधुनिकीकरण, उत्पादन वृद्धि र बजारीकरणमा सहयोग पुग्ने गरि नगरबाट कार्यक्रम अगाढी बढाइने नगर प्रमुख भुसालले बताउनुभयो ।
कृषि सहितका प्राविधिक विषयमा नगर भित्रबाट विपन्न समुदायका पाँच वर्षमा ५० जना प्राविधिक तयार पार्ने गरि यहाँका प्राविधिक विषय पढाई हुने विद्यालयमा नगरले सहयोग गरेको बताउनुभयो ।
प्रमुख प्रशासकीय अधिकृत पिताम्बर पाण्डेले कृषि सहित कारितासले विपद्मा समेत सहयोग गर्ने गरेको भन्दै धन्यवाद दिँदै कृषि उत्पादन, बजारीकरण लगायतका क्षेत्रमा नगरपालिकाले समेत काम गर्ने योजना रहेकाले यसमा कारितासले समेत सहकार्य गरे थप प्रभावकारी बनाउन सकिने बताउनुभयो । कावासोतीमा कृषिका लागि प्रसस्त भूमि रहेकाले ति क्षेत्रमा कृषि उत्पादन बढाउने गरि काम गर्न सकिने बताउनुभयो ।
दशका वडा अध्यक्ष टेकनारायण महत्वले बजारी क्षेत्रमा कौसीखेती र करेसाबारीलाई जोड दिएर कार्य गर्नुपर्ने बताउनुभयो ।
कारितास नेपालका क्षेत्रिय कार्यालय प्रमुख शंकर कुमार पौड्यालको अध्यक्षतामा भएको कार्यक्रमको सहजिकरण अनुगमन तथा अनुसन्धान अधिकृत कौशिला सापकोटाले गर्नुभएको थियो ।
कार्यक्रममा जनप्रतिनिधि, विभिन्न कार्यालयका कर्मचारी, कृषक, सहित सरोकारवालाको सहभागिता रहेको थियो ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: [email protected]
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |