२०८१ बैशाख १६, आईतबार
नवलपुर । थारू समुदायले मनाउने पर्व जितियाको अवसरमा नवलपरासी ( बर्दघाट सुस्तापूर्व) नवलपुरका चार पालिकाले स्थानीय बिदा दिएका छन् । असोज २ गते आइतबार जितिया पर्वको अवसरमा स्थानीय बिदा दिइएको हो ।
नवलपुरको कावासोती नगरपालिका, मध्यविन्दु नगरपालिका , देवचुली नगरपालिका र विनयी त्रिवेणी गाउँपालिकाले आइतबार स्थानीय बिदा दिएका हुन् ।
नवलपुरमा थारू समुदायको उल्लेख्य बसोबास रहेको छ । थारू बस्तीमा यतिबेला जितियाको रौनक छाएको । जितियाको अवसरमा नवलपुरका बिभिन्न स्थानमा थारू समुदायको झम्टा नाँच प्रतियोगिता, भोदी खेल प्रतियोगिता लगायतका कार्यक्रमहरु राखिएका छन् । जितिया थारू समुदायका महिलाले मनाउने मुख्य चाड हो । महिलाहरुले सन्तानको र्दीघायु, सुखसमृद्धि र मनोकामना पुरा गराउन व्रत बस्न गर्दछन् । यो पर्वमा चेलीबेटीलाई निम्ता गरी बोलाउने र लिन जाने चलन समेत रहेको छ ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: [email protected]
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |