२०८१ श्रावण १२, शनिबार
नवलपुर ।नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको देवचुली नगरपालिकाले घाँस खेती गर्ने किसानलाई गोबर मलमा अनुदान दिने भएको छ । नगरपालिका भित्रका बाँझो जमिन भएको क्षेत्रमा समूह मार्फत कम्तिमा एक बिघामा घाँसखेती गर्न चाहने किसानलाई सो खेतीमा लाग्ने गोबर मलमा शत प्रतिशत अनुदान दिन लागिएको नगरपालिकाका पशु विकास शाखाका पशु विकास अधिकृत डा. श्यामकृष्ण तिवारीले जानकारी दिनुभयो ।
देवचुली नगरपालिकाले यस कार्यक्रम सञ्चालनका लागि कार्यविधि समेत निर्माण गरिसकेको छ । ‘घाँस खेती गर्ने किसानलाई गोबर मलमा अनुदान दिने सम्बन्धी कार्यविधि निर्माण गरिसकेका छौ, कार्यक्रम निर्माण गरि कार्यान्वयनमा जान बाँकी छ’ पशु विकास अधिकृत तिवारीले भन्नुभयो ।
पशुपालक किसानलाई दानामा हुने लागत घटाउन यस्तो कार्यक्रम गर्न लागिएको देवचुली नगरपालिका नगर प्रमुख हरिप्रसाद न्यौपानेले बताउनुभयो । ‘घाँस खेतीमा आधारित उत्पादन कार्यक्रम सञ्चालन गर्दा लागत कम लागि किसान फाइदामा जान्छन् भन्ने हिसाबले यो कार्यक्रम गर्न लागेका हौँ’ नगर प्रमुख न्यौपानेले भन्नुभयो– यसले बाँझो जमिन सदुपयोग गर्न समेत सघाउने छ ।
पशुपालक किसानहरू उत्पादनमा लागत बढ्दा समस्यामा परेका छन् । नगर प्रमुख न्यौपानेले भन्नुभयो ‘दानाको मूल्य बढ्दै जाने , अर्का तर्फ उत्पादित वस्तुको मूल्य लगानीको तुलनामा कम हुने , यसले गर्दा किसान मारमा छन्, हामी केही भएपनि नगर स्तरबाट किसानका समस्या समाधान गर्ने प्रयासमा छौँ ।’
दानको विकल्पमा घाँस लगाउन सके किसानलाई राहत मिल्ने नगर प्रमुख न्यौपानेले बताउनुभयो । नगरपालिकाले यस सम्बन्धी कार्यविधि निर्माण गरि सकेको र कार्यक्रम कार्यान्वयनका लागि खासै समस्या नहुने उहाँको भनाई छ । ‘यो नयाँ कार्यक्रम सुरुवात गर्ने तयारी गरेका छौं, कार्यक्रम सञ्चालनका लागिनै श्रोतको समस्या हुन्छ जस्तो मलाई लाग्दैन, कँही कतैबाट यो कार्यक्रम सञ्चालन गर्छौ’ नगर प्रमुख न्यौपानेले भन्नुभयो ।
देवचुली नगरपालिका पशु विकास शाखाको तथ्याङ्क अनुसार नगर भित्र व्यवसायीक पशुपालन गर्ने फर्मको संख्या ५ सय ५९ रहेको छ । व्यवसायिक पशुपालनमा आवद्ध परिवारको संख्या भने २ हजार ५६० रहेको छ ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: [email protected]
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |