२०८१ श्रावण १२, शनिबार
घिरिङ्ग । बालबालिकाको साथी नेपालबाट घिरिङ्ग गाउँपालिकाको सामुदायिक बिद्यालयमा अध्यनरत २०० जना बिद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिएको छ ।
घिरिङ्ग गाउँपालिकाको सरस्वती माध्यामिक बिद्यालयमा ३२ जना,जय नेपाल आधारभूत बिद्यालय १० जना,कामधेनु माध्यामिक बिद्यालय २१जना,चन्द्रज्योती माध्यामिक बिद्यालय ३२जना,राष्ट्रिय माध्यामिक बिद्यालय २१ जना ,भैरव आधारभुत बिद्यालय १० जना,कृष्ण माध्यामिक बिद्यालय ३२ जना ,दिपक माध्यामिक बिद्यालय २१ जना,र महेन्द्रज्योती माध्यामिक बिद्यालय २१ जनालाई शैक्षिक सामाग्री,स्टेशनरी सहितको स्कुल ब्याग बितरण गरिएको हो ।
हिजो र आज गरि २ दिन बितरण गरिएको छात्रवृत्तिमा ४ वटा बिधालयमा केन्द्र बनाई बितरण गरिएको हो ।
२०६८ मा नवलपरासी (पुर्व)को पहाडी क्षेत्र बौदीकाली गाउँपालिकाको डेढगाउँमा स्थापना भै बौदीकाली गाउँपालिकामा बालबालिका र महिलाको क्षेत्र शैक्षिक एवं सामाजिक काम गर्दै आएको यस संस्थाले यसै बर्ष देखि तनहुँको घिरिङ्ग गाउँपालिकालाई समेत कार्यक्षेत्र थप गरि शैक्षिक एवं सामाजिक कार्यको थालनी सामुदायिक बिधालयमा अध्यनरत बिद्यार्थीलाई छात्रवृत्तिबाट शुरुआत गरिएको बालबालिकाको साथी नेपालका अध्यक्ष एवं कार्यक्रम संयोजक दिपेन्द्र बिश्वकर्माले बताउनु भयो ।
ग्रामीण भेगमा रहेका सामुदायिक बिधालयमा अध्यनरत बिद्यार्थीको शैक्षिक स्तरमा केही सहज होस भन्ने उद्वेश्यले आधारभुत तहमा इसिडी कक्षा ब्यबस्थापन सहयोग,आकस्मिक अवस्थामा आईपर्ने विभिन्न समस्याका लागि आकस्मिक सहयोग कार्यक्रम,बिद्यार्थीहरुलाई न्यानो कपडा बितरण कार्यक्रम यस बर्ष घिरिङ्गमा गरिने र अर्को बर्ष यहाँको अवस्था र आवस्यकता अनुसारको सहयोग कार्यक्रम संचालन गरिने बालबालिकाको साथी नेपालका सचिब बिर बहादुर बि.सी.ले बताउनु भयो ।
सरस्वती मा.बि.ध्यानुङ्ग,चन्दज्योति मा.बि.घिरिङ्ग,कृष्ण मा.बि.पुट्टार,महेन्द्र ज्योति मा.बि.गडौलीटारबाट छात्रवृत्ति हस्तान्तरण गरिएको कार्यक्रममा बिद्यालय ब्यबस्थापन समिति पदाधिकारी,जनप्रतिनिधि एवं सहयोगि संस्थाका कर्मचारी एवं प्रतिनिधिको उपस्तिथि रहेको थियो ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: [email protected]
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |