२०८१ श्रावण १२, शनिबार
पोखरा । ने क पा ( एमाले ) गण्डकी प्रदेश कमिटीले मंसिर ४ मा सम्पन्न हुन गइरहेको प्रदेश सभा निर्बाचनको घोषणा पत्र तयारीका लागि सुझाब संकलन शुरु गरेको छ । समृद्ध गण्डकी प्रदेश निर्माणको लागि आफ्नो पार्टीको तर्फबाट समेटिनुपर्ने बिषयका लागि सम्पुर्ण नेता ,कार्यकर्ता र आम गण्डकी प्रदेश बासी जन समुदायसङ्ग सुझाव संकलन गरि घोषणापत्र तयार गरिने उक्त पार्टीको गण्डकी प्रदेश कमिटिले जनाएको छ ।
“नेकपा एमालेको तर्फबाट गण्डकी प्रदेश सभा निर्वाचनको लागि घोषणा पत्र तयार गर्ने कार्य अगाडि बढेको हुँदा यहाँहरुका महत्वपूर्ण सुझावको अपेक्षा राख्दछौँ ” घोषणा पत्र मस्यौदा समितिको तर्फबाट प्रदेश कमिटीका उप सचिब एबम प्रचार तथा प्रकाशन बिभाग प्रमुख रश्मि आचार्यले जारी गरेको अपिलमा उल्लेख छ ।सुझाव पठाउनका इमेल ठेगाना [email protected],,[email protected],[email protected] प्रयोग गर्न तथा गण्डकी प्रदेश कार्यालय, नयाँबजार, पोखरा कार्यालयमा सुझाव पेश गर्न सकिने आचार्यले उल्लेख गरेका छन।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: [email protected]
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |