२०८१ श्रावण १२, शनिबार
काठमाडौँ । प्रदेश र प्रतिनिधि सभा निर्वाचनका लागि नमूना मतपत्र छाप्न सुरु गरिएको छ। निर्वाचन आयोगले आगामी मंसिर ४ गते हुने निर्वाचनका लागि नेपाली सेनाको सुरक्षामा मतपत्र छाप्न सुरु गरिएको हो । असोज २५ गतेभित्र सबै मतपत्र छापी सक्ने गरी जनक शिक्षा सामग्री केन्द्र लिमिटेडको छापाखानामा छापन सुरु गरिएको छ ।
सुरुमा निर्वाचन शिक्षाका लागि नमूना मतपत्र छापिने निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए । दुई दिनभित्र नमूना मतपत्र छपाइ सकेर समानुपातिकतर्फ मतपत्र छापिने उनले बताए । पहिलो चरणमा प्रदेश तहको र त्यसपछि संघ अन्तर्गतको मतपत्र छाप्ने आयोगको योजना छ । आगामी निर्वाचनमा करिब एक करोड ८० लाख मतदाता कायम छन् । मतदाताभन्दा १० प्रतिशत बढी मतपत्र छाप्ने अभ्यास हुँदै आएको छ ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: [email protected]
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |