२०८१ श्रावण १२, शनिबार
कावासोती । नवलपुरको कावासोती नगरपालिका आठ स्थित गैडातालमा डुबेर एक जना महिलाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा कावासोती आठ शान्ति टोल बस्ने २० वर्षकी शिला घिमिरे रहेको जानकारी दिएका छन् । मृतक महिला गएराति १० बजेको समयमा घरबाट निस्केर हिडेको परिवारले जानकारी गराएको प्रहरीले जनाएको छ । खोजतालास गर्दा आज बिहान ११ बजेतिर तालमा घोप्टो परेको अवस्थामा शव भेटिएको हो ।
१२ बजेको समयमा प्रहरीले शव निकालेको हो । मृतकका श्रीमान राजु घिमिरेले सनाखत गरेको प्रहरीले जनाएको छ । शव पोष्टमार्टमका लागि मध्यविन्दु जिल्ला अस्पतालमा लगिएको र घटनाबारेमा थप अनुषन्धान गईरहेको प्रहरीले जनाएको छ ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: [email protected]
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |