२०८० मंसिर २०, बुधबार
पाल्पा । पाल्पामा छोरोले चिर्पट दाउरा प्रहार गर्दा बाबुको मृत्यु भएको छ । पाल्पा जिल्लाको माथा गढी गाउँपालिका वार्ड नम्बर ४ नेटामा सामान्य विवाद हुँदा आज बिहान छोरोले बाबुलाई चिर्पट दाउरा प्रहार गर्दा मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार १४ वर्षका बालकले सामान्य झैँ झगडा हुँदा आफ्नो बुवा ४५ वर्षका तिल बहादुर दिसालाई चिर्पट दाउरा प्रहार गरेका थिए। उनको घटनास्थलमा नै मृत्यु भएको हो।
प्रहरीले चिर्पट दाउरा प्रहार गर्ने बालकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान सुरु गरेको छ, भने शवलाई पोस्टमार्टम लागि जिल्ला अस्पताल पाल्पा पठाएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रवक्ता डी एसपी वीरेन्द्र थापाले बताए ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: pressnawalpur@gmail.com
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |