२०८० मंसिर १४, बिहिबार
साउथ (दक्षिण भारतीय) अभिनेत्री रोमा असरानी आज (२५ अगस्ट) मा आफ्नो जन्मदिन सेलिब्रेसन गर्दैछिन् । धेरै जसो मलयालम फिल्म अभिनय गरेकी रोमाले विज्ञापनबाट अभिनयमा डेब्यु गरेकी हुन् । रोमा नोटबुक र चकलेट जस्ता मलयालम फिल्मबाट परिचित बनेकी थिइन् । फिल्मले उनलाई फिल्मफेयर अवार्ड पनि दिलाएको थियो ।
रोमाको जन्म सन् १९८४ मा तमिलनाडुको त्रिची जिल्लामा भएको थियो । यद्यपि जानकारी अनुसार उनी सोझो परिवारको सदस्य हुन् । उनका आमाबुवा मूलतः दिल्लीका हुन् । तर पछि उनी चेन्नई सरिन् । रोमाका बुबाको नाम मुरलीधर असरानी हो । उनको चेन्नईमा गहना पसल छ ।
रोमा असरानीले सानै उमेरमा मोडलको रूपमा आफ्नो करियर सुरु गरेकी थिइन् । धेरै विज्ञापनमा काम गरेपछि उनी २००५ मा उनले तेलुगु फिल्म ‘मिस्टर एर्राबाबु’ पाएकी थिइन् । त्यसपछि उनी तमिल फिल्म ‘कधले एन कधले’ मा देखा परिन् । त्यही समयमा अभिनेत्रीलाई मलयालम फिल्म ‘नोटबुक’ हात पर्यो । यो फिल्म एकदमै हिट साबित भयो । फिल्मबाट उनले दर्शक र समीक्षकहरूमा आफ्नो छाप छाडिन् ।
अभिनेत्रीले नोटबुकपछि मलयालम फिल्म २००७ चकलेटमा काम गरिन् । जहाँबाट उनी थप चर्चित भइन् । उनले ट्राफिक, ग्रान्डमास्टर र बम १२ मार्चजस्ता उत्कृष्ट फिल्मबाहेक २० भन्दा बढी फिल्ममा काम गरिसकेकी छिन् । फिल्म नोटबुकको लागि सर्वश्रेष्ठ सहायक अभिनेत्रीको रुपमा उनले फिल्मफेयर पुरस्कार प्राप्त गरेकी थिइन् ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: pressnawalpur@gmail.com
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |