२०८० मंसिर २४, आईतबार
कावासोती । नवलपुरको विनयी त्रिवेणी गाउँपालिकामा खुला तिज गीत प्रतियोगिता हुने भएको छ ।
यही भदौ १० गते शुक्रबार गाउँपालिका स्तरीय तिज गीत प्रतियोगिताको आयोजना गरिएको हो ।
प्रतियोगिताको लागि आवश्यक तयारी भइरहेको गाउँपालिका उपाध्यक्ष भगवती बैदवारले जानकारी दिनुभयो । समूह दर्ता गर्न वडा कार्यालयमा व्यवस्था गरिएको छ । अहिले वडावडामा समूह दर्ता गर्ने काम चलिरहेको उपाध्यक्ष बैदवारले जानकारी दिनुभयो । भदौ ८ गतेभित्र दर्ता गर्ने मिति रहेको छ । कार्यक्रम तयारीका लागि पालिका भित्रका सरोकारवाला सबैसँग समन्वय र सहकार्य गर्ने काम भइरहेको उपाध्यक्ष बैदवारले जानकारी दिनुभयो ।
प्रतियोगितामा भाग लिदा गीतको शब्द र लय समूह आफैँले तयार पारेको मौलिक हुनुपर्ने छ भने भेषभुषा पनि स्थानीय मौलिक परम्परा झल्कने हुनुपर्ने छ ।
प्रतियोगितामा प्रथम हुनेले २० हजार , द्वितीय हुनेले १५ हजार , तृतीय हुनेले १० हजार र सान्त्वना हुनेले पाँच हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।
गाउँपालिका उपाध्यक्ष बैदवारले नेपाली नारीहरूको परम्परादेखि चली आएको पर्व तिजको अवसरमा गाइने नाचिने मौलिक संस्कृतिको जगेर्ना गर्न प्रतियोगिता राखेको बताउनुभयो । उहाँले प्रतियोगितामा सहभागि हुन र अवलोकन गर्न सबै पालिका बासिमा आग्रह समेत गर्नुभएको छ ।
भदौ १० गते पालिकाको प्राङ्गणमा बिहान ११ बजेबाट कार्यक्रम सुरु हुनेछ ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: pressnawalpur@gmail.com
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |