२०८१ श्रावण १२, शनिबार
नवलपुर । नवलपुरकाे डण्डामा रहेकाे मध्यविन्दु जिल्ला अस्पतालकाे व्यवस्थापन समिति अध्यक्षमा बालकृष्ण घिमिरे नियुक्त हुनु भएको छ ।
प्रदेश सरकारको भदौ ६ गतेको निर्णयअनुसार घिमिरे अस्पताल व्यवस्थापन समितिकाे अध्यक्षमा नियुक्त हुनुभएको हाे । अस्पताल व्यवस्थापन समिति गठन आदेश, २०७८ (संशोधन सहित) को दफा ३ को उपदफा १ (क) बमोजिम ३ (तीन) वर्षको कार्यकाल रहने गरी घिमिरे अध्यक्ष नियुक्त हुनुभएकाे हाे ।
अध्यक्ष नियुक्त हुनुभएका घिमिरे नेपाली काङ्ग्रेस नवलपुरका उप सभापति समेत हुनुहुन्छ । यस अघि अस्पताल व्यवस्थापन समितिकाे अध्यक्षमा डा. गाेपाल खनाल रहनुभएकाे थियो ।उहाँकाे तीन वर्षे अवधि सकिएपछि केही समय अघिबाट व्यवस्थापन समिति रिक्त थियाे ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: [email protected]
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |