२०८१ श्रावण १२, शनिबार
कावासाेती । नेकपा एमालेका नेता केन्द्रीय सचिव टाेप बहादुर रायमाझीले नागरिकता विधेयकमा चरम दलाली गरिएको बताउनुभयो । भारतलाई खुसी पार्न गठबन्धनले चरम दलाी गरेकाे नेता रायमाझीले बताउनुभयो । नवलपुरकाे कावासाेतीमा नेता कार्यकता भेटका क्रममा बाेल्दै उहाँले भन्नुभयाे” कम्तिमा ७ बर्षमा बिवाहा गरेर आउने महिलालाई नागरिकता दिनुपर्ने हुन्छ , आउने बितिकै दिदा राष्ट्रियताकाे सवालमा ठुलाे समस्या आउँछ, हाम्रा चेली बिवाहा भएर जाँदा पर्खनु पर्ने , सन्तुलन मिलेन। “
उहाँले भारतलाई खुसि पार्न दलाली गरिएकाे बताउनुभयो । उहाँले भन्नुभयो ” प्रचण्डले त भाषणमै मैले गरे भनेर छाति ठाेके ,ईन्डिया लाई सुनाउन ”
नेता रायमाझीले गठबन्धनकाे सरकार पछि देशमा विकृति र विसङ्गती भित्रीएकाे समेत बताउनुभयो । गठबन्धनसँग विकास र समृद्धिकाे एजेन्डानै नभएको उहाँले बताउनुभयो ।”असजहज स्थितिमा एमालेले काम गर्याे ,अहिले अनुकुल अवस्थामा केही छैन ,विकास निर्माण ठप्प छ , विकासका बजेट काटेका छन् । महङ्गी र भ्रष्टाचार उस्तै छ । पाँच दलको एजेन्डा गठबन्धन बचाउ र लुटेर खाउ भन्दा अरु छैन।” नेता रायमाझीले भन्नुभयो ।
एमालेकाे राष्ट्रियताकाे अडान लिएपछि राष्टघाती र राष्ट्रवादी बिचकाे अहिलेकाे लडाइँ भएको उहाँले बताउनुभयो । राजनीति क्रान्ति धेरै हदसम्म सम्मपन्न भएकाले ,अबकाे लक्ष्य विकास र समृद्धिकाे भएको भन्दै । एमालेले निर्वाचन नजिते मुलुक २०/३० वर्ष पछि धकलिने समेत बताउनुभयो । एमालेले विकासका एजेन्डा बाेकेकाे र गठबन्धन विनाशकाे बाटाेमा रहेकाे बताउँदै नेता रायमाझीले भन्नुभयो ” विकासमा जाने कि विनासमा जाने भन्ने लडाइँ पनि अहिले हाे,विकासमा जान एमालेले जित्नु पर्छ।”
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: [email protected]
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |