२०८१ श्रावण १२, शनिबार
कावासाेती । कावासाेती नगरपालिकामा नेकपा एमालेकाे पालिका सभादलकाे बैठक शुक्रबार बसेकाे छ । संसदीय अभ्यास अनुसार नगरपालिकामा समेत पालिका सभादल गठन गरिएको हाे । साेहि अनुसार दलका नेता ,उप नेता ,प्रमुख सचेतक , सचेतक र सचिवकाे चयन गरिएकाे एमाले कावासाेती नगर कमिटी अध्यक्ष रामकृष्ण ढुङ्गानाले बताउनुभयो ।
सभा दलकाे नेता नगर प्रमुख रहने प्रावधान अनुसार विष्णुप्रसाद भुसाल , उप नेता उप प्रमुख रहने प्रावधान अनुसार फूलकुमारी थनेत रहनु चयन हुनुभएको उहाँले बताउनुभयो ।
यसै गरि प्रमुख सचेतकमा नारायण लाेहनी चयन हुनुभएको छ । सचेतकमा निरज पुन र
सचिवमा दिपेश खनाल चयन हुनुभएको छ ।
नगरका महत्त्वपूर्ण याेजना अघि बढाउदा सभादलमा छलफल गरि थप प्रभावकारी रुपमा कार्य सम्पन्न गराउन सहयोग पुग्ने नगर कमिटी अध्यक्ष ढुङ्गानाले बताउनुभयो ।
कावासाेतीमा एमालेबाट निर्वाचित ६४ जना सहभागी सभादल रहेको छ।
आज भएको कार्यक्रममा केन्द्रीय सदस्य जिल्ला इन्चार्ज तिलक महत, केन्द्रीय सदस्य जिल्ला सह इन्चार्ज कृष्ण पाैडेल , केन्द्रीय लेखा आयाेग सदस्य पद्मा जिसी, गण्डकी प्रदेश कमिटीका सदस्यहरु, जिल्ला कमिटी अध्यक्ष मुक्तिराम पाण्डे , उप सचिव भिमलाल कंडेल लगायतका नेताहरुकाे उपस्थिति रहेको थियाे।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: [email protected]
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |