२०८१ श्रावण १२, शनिबार
कावासाेती । राष्ट्रिय युवा संघ नेपाल नवलपुरले प्रजिअ मार्फत प्रधानमन्त्रीलाई हस्ताक्षर बुझाएको छ । महङ्गी र भ्रष्टाचार विरुद्ध संचालन गरिएको हस्ताक्षर अभियानमा संकलित हस्ताक्षर प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्री समक्ष बुझाएको हाे ।
गठबन्धन सरकारले जनताको डाढ सेक्ने गरि महङ्गी बढाएको , भ्रष्टाचार बढाएकाे भन्दै राष्ट्रिय युवा संघ नेपाल नवलपुरले हस्ताक्षर अभियान संचालन गरेको थियाे । साे क्रममा करिब १५ सय हस्ताक्षर संकलन भएको जनाइएको छ ।
संकलित हस्ताक्षर राष्ट्रिय युवा संघ नेपालका गण्डकी प्रदेश सह इन्चार्ज मदन गिरी, जिल्ला सह इन्चार्ज दिपक शर्मा , जिल्ला अध्यक्ष कृष्ण कंडेल लगायतका युवाहरुकाे उपस्थितिमा प्रजिअ मार्फत प्रधानमन्त्री समक्ष बुझाएका हुन् । हस्ताक्षर बुझ्दै गर्दै प्रजिअ सुमन घिमिरेले प्रधानमन्त्री कार्यालयमा पठाउने बताउनुभयो ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: [email protected]
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |