२०८० मंसिर १६, शनिबार
डेढगाँउ। नवलपुरकाे पहाडी क्षेत्र अन्तर्गत पर्ने बाैदिकाली गाउँपालिकामा ओैधाेगिक ग्राम निर्माणका लागि छलफल सुरु गरिएको छ । गाउँ पालिकाकाे वडा नम्बर २,बैडामा ओैधाेगिक ग्राम निर्माणका लागि पालिकाले छलफल अघि बढाएकाे हाे ।
छलफलका क्रममा स्थानीयहरुले उद्योग ग्राम बनाउन सहयोग गर्ने प्रतिबद्दता ब्यक्त गरेका थिए । छलफलमा दराई समुदायको संस्कृति झल्कने सांस्कृतिक घर, पर्यटन प्रबर्द्धन, उद्यान तथा संग्रहालय बनाउन आवश्यक जग्गा तथा अन्य व्यवस्थापन गर्ने, रोजगारीमा उक्त समुदायलाई अग्राधिकार दिने, राजश्वको १५% अंश स्थानीय विकासमा लगानी गर्ने लगायतका विषयमा सहमती भएको छ ।
कार्यक्रममा गाउँपालिका अध्यक्ष प्रकाश ओझाले गाउँपालिका ओैधाेगिक ग्राम स्थापनाका लागि प्रतिबद्ध रहेकाे बताउनुभयो । सबैकाे सहकार्यमा पालिकाकाे विकास हुने बताउदै अध्यक्ष ओझाले स्थानीयबाट समेत सकारात्मक विषय आएकाले खुसी व्यक्त गर्नुभयो ।
पालिकाकाे केन्द्रकाे रुपमा रहेकाे २ नम्बर वडा , कालिगण्डकी करिडाेर समेतले छुने भएकाले भाेलीका दिनमा उधाेगहरुकाे आकर्षक यहाँ बढ्न सक्ने देखिन्छ । स्थानीय उत्पादनलाई बजारीकरणका लागि साना घरेलु उधाेग स्थापना गर्न सकेमा समेत पहाडी क्षेत्रमा उत्पादित कृषि उपजले यश क्षेत्रका स्थानीयकाे आर्थिक स्तर सुधारमा सहयोग पुग्ने छ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: pressnawalpur@gmail.com
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |