२०८० मंसिर १६, शनिबार
कावासोती । नवलपुरको मध्यविन्दु नगरपालिकाले अवैद्य रुपमा उत्खनन गरि घाटगद्दी गरेर राखेको नदीजन्य पदार्थ जफत गर्ने कार्य अगाडि बढाएको छ ।
वडा नं. ११ दमारमा पर्ने अरुणखोला नदीबाट चोरी निकासी गरेर नदी किनारमै घाटगद्दी गरेर राखेका नदीजन्य पदार्थ ढुङ्गा गिटी ,बालुवा नगरपालिकाले जफत गरि आफ्नो मातहतमा ल्याउन प्रकृया थालेको छ ।
अवैद्य रुपमा नदीजन्य पदार्थ दिनरात उत्खनन गरेको जनगुनासो बढेपछि नगरपालिका एक्सनमा गएको हो । बुधबार नगरपालिका , जिल्ला समन्वय समिति , जिल्ला प्रशासन, जनप्रतिनिधि तथा सरोकारवाला सहितको टोलीले दमार क्षेत्रमा अवैद्य रुपमा घाटगद्दी गरेर राखेको नदीजन्य पदार्थको अनुगमन गरेको छ । नगरपालिकाले मंगलबार पनि अनुगमन गरेर नदी उत्खननमा प्रयोग भएको एक्साभेटर र ट्याक्टर नियन्त्रणमा लिएको थियो ।
अवैद्य उत्खननमा संलग्न व्यक्ति तथा व्यवसायीले वडा अध्यक्ष समेतलाई धम्क्याउने तथा घाटगद्दी गरेका सामाग्रीको राजश्व तिर्ने तर सामाग्री उठाउन पाउनुपर्छ भन्ने मनसाय व्यक्त गर्ने लगायतका कार्य गरेपछि नगरपालिकाले जफत कार्यलाई अगाडि बढाएको हो ।
पटक पटक गुनासो आएपछि जनप्रतिनिधि सहितको टोलीले व्यवसायीहरूलाई समेत भेला गरेर नियमसङ्गत ढंगबाट काम गर्न आग्रह गरेको थियो । नगरपालिकाले बनाएको नियम भित्र बसेर काम गर्नुस् भन्दा समेत अटेर गरेपछि नगरपालिका बाध्य भएर एक्सनमा उत्रनु परेको नगर प्रमुख अधिकारीले बताउनुभयो । ‘हामिले पटक पटक व्यवसायीलाई अनुरोध ग¥र्यौ , नियमसङ्गत रुपमा काम गर्नुस् भनेर तर हाम्रो अनुरोधलाई वेवास्ता गर्दै उल्टै चुनौती दिने, धम्कीपूर्ण कुरा गर्ने , खुलेआम हामिले चोर्न पाउनुपर्छ भन्ने पथरीस्थित सृजना भयो । त्यस्तो कार्य नगरपालिकाले टुलुटुलु हेरेर बस्न सक्दैन । पहिला चोरी गर्ने पछि राजश्व तिरेर वैद्य बनाउँछौ भन्ने कुरा मान्य हुँदैन । ’ अधिकारीले भन्नुभयो ।
प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले नगरपालिकाबाट नदीजन्य पदार्थ अवैद्य रुपमा उत्खनन भएको जानकारी आएपछि प्रशासन समेत अनुगमन आएको बताउनुभयो । उहाँले अवैद्य रुपमा संकलन भएका नदीजन्य पदार्थ गम्भीरता पूर्वक लिएर आवश्यक कारवाही प्रकृया अगाडि बढाउने बताउनुभयो ।
जिल्ला समन्वय समितिका प्रमुख बाबुराम विश्वकर्माले नदीजन्य पदार्थ उत्खननका लागि स्पष्ट नीति र मापदण्ड रहेपनि कतिपय व्यवसायीहरूले त्यो मापदण्ड मिचेर काम गरेको पाइएको बताउनुभयो । उहाँले भन्नुभयो – ‘नीति नियममा रहेर काम गर्न पाइन्छ तर राज्यको श्रोत साधनलाई अवैद्य रुपमा दोहन गर्न पाइदैन् । यस्ता कार्यप्रति अनुगमन समिति गम्भिर छ । हामिले विगतमा भन्दा फरक ढंगले योजना बनाएर नियन्त्रण गर्न लाग्छौ । ’
यस्तै मध्यविन्दु नगरपालिका प्रमुख प्रशासकीय अधिकृत वासुदेव खनाल अवैद्य रुपमा घाटगद्दी गरेका नदीजन्य पदार्थको विषयमा कार्यपालिकाको बैठक बसेर प्रचलित विधि , प्रकृया, कानून बमोजिम सम्बन्धित पक्षलाई कारवाही प्रकृया अगाडि बढाउने जानकारी दिनुभयो । प्राविधिकको टोलीबाट घाटगद्दी गरेका सामाग्री के कति परिमाणमा छ यकिन गर्ने र सामूहिक निर्णय गरि थप प्रकृया अगि बढाउने उहाँले बताउनुभयो ।
अनुगमनमा नगर जिल्ला समन्वय समिति उपप्रमुख सकुन्तला लम्साल , मध्यविन्दु नगरपालिका उपप्रमुख पूर्णकला चौधरी , वडा अध्यक्षहरु , प्रहरी , जिल्ला अनुगमन सकितिका सदस्यहरु तथा सरोकारवालाहरुको सहभगिता रहेको थियो ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: pressnawalpur@gmail.com
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |