२०८१ श्रावण १२, शनिबार
कावासोती । विपद जोखिम व्यवस्थापन स्थानीयकरण निर्देशिका सम्बन्धी क्षमता अभिवृद्धि तालिम कावासोतीमा भएको छ । कावासोती नगरपालिकाको सभाहलमा दुई दिन सम्म विपद जोखिम व्यवस्थापन सम्बन्धी क्षमता अभिवृद्धि तालिम भएको हो । नगरपालिकाका प्रमुख , उप प्रमुख ,प्रमुख प्रशासकीय अधिकृत ,वडा अध्यक्ष, विभिन्न शाखाका प्रमुख , नगरपालिकाका कर्मचारी सहित सरोकारवालाहरूका लागि तालिम प्रदान गरिएको हो ।
स्थानीय स्तरका जोखिमको पहिचान र त्यसको व्यवस्थापनका लागि पूर्व तयारी र विपद् पश्चात गर्नुपर्ने कार्यका विषयमा जनप्रतिनिधि लगायत सरोकारवालाहरूको क्षमता विकासका लागि तालिमको आयोजना गरिएको हो ।
केन्द्रीय सरकारले स्थानीय तहलाई विपद व्यवस्थापन सम्बन्धी प्रबलीकरण गर्नका लागि तालिमको आयोजना गरिएको कावासोती नगरपालिकाका आर्किटेक इन्जिनियर एवं तालिम सहजकर्ता पवन रूपाखेतीले बताउनुभयो । विपद व्यवस्थापन के हो रु, यसका नियम कानूनहरू के के छन् रु, स्थानीय तहले बनाउनु पर्ने कानुन, स्थानीय तहको दायित्व, विपद सामना गर्नका लागि आवश्यक योजना ९ जलवायु उत्थानशील योजना, विपद प्रतिकार्य योजना ० प्रतिकार्य गर्नका लागि आवश्यक सामग्री तथा उक्त सामग्री उपलब्ध हुने स्थान साथै संस्थाहरूको जानकारी, खुला क्षेत्र पहिचान, शिविर व्यवस्थापन र न्यूनतम मानवीय आधारभूत मापदण्ड लगायतका विषयमा तालिममा प्रस्तुतीकरण गरिएको थियो ।
कावासोतीमा सञ्चालित तालिममा एनसेट प्रतिनिधि इन्जिनियर रेसा बस्याल, आओएम गण्डकी प्रदेश प्रतिनिधि निर्मल चोङ्वाङ, कावासोती नगरपालिकाका आर्किटेक इन्जिनियर पवन रूपाखेतीले विपद जोखिम व्यवस्थापन सम्बन्धी सहजिकरण गर्नुभएको थियो ।
तालिमको समापन सत्रमा बोल्दै कावासोती नगरपालिका नगर प्रमुख विष्णुप्रसाद भुसालले कावासोती नगरपालिकामा विभिन्न प्रकारका विपद्को जोखिम रहेको बताउँदै यसको उचित व्यवस्थापनका लागि नगरपालिका लाग्ने बताउनुभयो । नगरपालिका भित्र रहेका खोलाहरूको जोखिम लगायत अन्य प्रकारका जोखिमको व्यवस्थापन र विपद्को समयमा हुने जोखिम नियन्त्रणका लागि नगरपालिकाले योजनावद्ध काम गर्दै जाने बताउनुभयो ।
नगरपालिकाका वन, वातावरण तथा विपद् व्यवस्थापन समितिका संयोजक यम बहादुर थापाले तालिमबाट आफूहरूले धेरै विषयमा जानकारी प्राप्त गरेको बताउनुभयो । तालिमबाट विपद् व्यवस्थापनका विषयमा के कस्ता कार्य गर्नुपर्ने रहेछ भन्ने लगायतका जानकारी प्राप्त गरेको बताउँदै भोलिका दिनेमा पालिकामा विपद् व्यवस्थापन सम्बन्धी योजना बनाउ तालिमले सहयोग पुग्नु बताउनुभयो ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: [email protected]
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |