२०८० मंसिर २०, बुधबार
कवासोती । यातायात व्यवस्था कार्यालय कावासोती नवलपुरले आफ्नै सवारी साधनबाट ट्रायल दिन सक्ने व्यवस्था छिट्टै लागू गर्ने जनाएको छ ।
यातायात व्यवस्था कार्यालय कावासोतीका सूचना अधिकारी कृष्ण प्रसाद भट्टराईका अनुसार सेवाग्राहीले आफ्नै साधनबाट ट्रायल दिन सक्ने व्यवस्था मिलाउन कार्यालयले अभ्यास गरिरहेको जानकारी दिनुभयो । कार्यालयको आफ्नै ट्रायल सेन्टर नहुँदा , आवश्यक जनशक्ति र प्राविधिक नहुँदा तत्कालै यो व्यवस्था लागू गर्न नसकिएको उहाँले बताउनुभयो । ‘सेवाग्राहीले आफ्नो साधन प्रयोग गर्न नपाउने होइन पाउनुहुन्छ , तर जुनसुकै सवारी साधनहरू ट्रायलमा प्रयोग गर्न पाइदैन् । कतिपय सर्तहरू हुन्छन् , मापदण्ड हुन्छन् त्यो सबै पुरा गर्नुपर्छ , त्यसका लागि हामीसँग श्रोत साधन छैन् । त्यसै कारण तत्कालै लागू गर्न नसकिएको हो । ’
सेवाग्राहीले आफ्नै साधनबाट ट्रायल दिन पाउने व्यवस्था मिलाउने सन्दर्भमा यही मितिबाट नै सुरु हुन्छ भनेर भन्न नसक्ने तर , सकेसम्म छिट्टै लागू गर्ने तयारी भइरहेको सूचना अधिकारी भट्टराईले बताउनुभयो ।
सेवाग्राहीहरूलाई आफ्नै साधनबाट ट्रायल दिन नपाउँदा पास गर्न समस्या भइरहेको गुनासो गर्दै आएका छन् । बुटवल लगायतका यातायात व्यवस्था कार्यालयबाट सेवाग्राहीले आफ्नै साधनबाट ट्रायल दिन पाउने व्यवस्था रहेको छ । तर, कावासोतीमा यो सुविधा नहुँदा सेवाग्राहीले आक्रोश समेत पोख्ने गर्दछन् । ‘आफ्नै साधनमा हात बसेको हुन्छ , चलाउन सजिलो हुन्छ तर , अन्य साधनबाट दिदा अलि गाह्रो हुँदो रहेछ ।’ सेवाग्राही यज्ञ काफ्लेले भन्नुभयो – मैले ट्रायल दिन जाँदा कतिपयले सवारीको कन्डिसन ठिक नभएको भनेर गुनासो समेत गरेका थिए । ’
सूचना अधिकारी भट्टराईले बाहिर आएजस्तो सवारीको कन्डिसन ठिक नभएको कुरा गलत रहेको बताउनुहुन्छ । ‘ सेवाग्राहीले नयाँ साधन चलाइराखेको हुन्छन् , ट्रायलमा पुराना साधन चलाउँदा त्यस्तो अनुभव भएको हुनसक्छ , हामिले त्यस्ता सवारी राखेका छैनौ , सबैको कन्डिसन चेकजाँच हुन्छ । ’ नयाँ स्थापना भएको कार्यालय भएका कारण श्रोत साधनको अभाव रहेको र आफ्नै ट्रायल सेन्टर नभएकाले समेत काम गर्न गाह्रो भएको उहाँ बताउनुहुन्छ । कार्यालयमा आवश्यक पर्ने जनशक्ति अभाव रहेकाले समेत काम गर्न निकै समस्या भइरहेको उहाँको भनाई छ ।
यसैबीच यातायात व्यवस्था कार्यालय कावासोतीमा गत आर्थिक वर्ष २०७८/०७९ मा नयाँ लाइसेन्स र बर्ग थप गरेर ९ हजार ५७ जनालाई लाइसेन्स वितरण गरिएको सूचना अधिकारी भट्टराईले जानकारी दिनुभयो । कार्यालयबाट गत वर्ष दुई पाङ्ग्रे सवारी नवीकरण १६ हजार ७ सय २० , चार पाङ्ग्रे सवारी नवीकरण ७ हजार ७ सय ९४ , बाटो इजाजत पत्र जारी ÷ नवीकरण ४७० , अस्थाई पटके रुट इजाजतको संख्या ३ हजार नौ सय रहेको उहाँले बताउनुभयो । यस्तै सवारी जाँचपास एक हजार ३९९ यातायात पञ्जिकरण एक , लाइसेन्स नवीकरण ८२२ , परीक्षणकालीन लाइसेन्स वितरण ७ हजार १९३ , स्मार्ट कार्ड लाइसेन्स प्रिन्ट ५ हजार २८३ र स्मार्ट कार्ड वितरण २ हजार ४९० रहेको भट्टराईले जानकारी दिनुभयो ।
कार्यालय गत आर्थिक वर्षमा २६ करोड ६६ लाख ६९ हजार ५४८ रुपैयाँ राजश्व संकलन गरेको छ ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: pressnawalpur@gmail.com
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |