२०८१ श्रावण १२, शनिबार
कावासोती । नवलपुरको मध्यविन्दु नगरपालिकामा जंगली जनावरको आक्रमणबाट जेष्ठ नागरिक घाईते हुनुभएको छ ।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी सन्तोष पाठकले दिनुभएको जानकारी मध्यविन्दु ६ भडारा निवासी ९५ वर्षका गंगाराम महतोलाई जंगली जनवारले आक्रमण गरि घाईते बनाएको हो । आज बिहान पाँच बजेतिरको समयमा आफ्नै घरदेखि ४० मिटर पर रूख बिरुवा भएको ठाउँमा शौचालय गर्न जाँदा महतोलाई अचानक जंगली जनवारले आक्रमण गरेको हो । कुन जनवारले आक्रमण गरेको हो भन्ने कुरा अझै नखुलेको पाठकले जानकारी दिनुभयो । महतोको बाँया हातको माझी औँला जनवारले खाएको छ । नाक , कान र मुखमा चोट लागेको छ । उहाँको मध्यविन्दु जिल्ला अस्पतालमा उपचार भइरहेको छ । घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: [email protected]
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |