२०८१ श्रावण १२, शनिबार
कावासोती । कावासोतीको अमलटारी होम स्टेमा दिगो संरक्षण र पर्यापर्यटन सम्बन्धी अन्तरक्रिया कार्यक्रम भएको छ । गुन्द्रही ढकाहा मध्यवर्ती सामुदायिक वन उपभोक्ता समितिको आयोजनामा भएको अन्तरक्रिया कार्यक्रममा बोल्नेहरुले दिगो संरक्षण सहित पर्यापर्यटनको सवालमा ध्यान दिनुपर्ने बताएका थिए ।
नवलपुर गण्डकी प्रदेशको पुछारको जिल्ला हुनुनै कतिपय सम्भावना रहेको बताउँदै यहाँका सामुदायिक वन, नारायणी तटीय क्षेत्र, आदिवासी जनजातिका कलासंस्कृति, खानपान, रहनसहन , वन्यजन्तु पर्यटकका लागि आकर्षण रहेको बताउँदै यि सबैको दिगो व्यवस्थापन गरि काम गर्नुपर्ने वक्ताहरूले बताएका थिए ।
यहाँका जैविक विविधता र प्राकृतिक श्रोतको संरक्षण गर्दै जनताको आर्थिक विकासमा दिगो रुपमा लैजान आवश्यक रहेको , चारवटै वनलाई जोडेर पर्यटन गतिविधि बढाउनुपर्ने, संरक्षणका कार्यमा सबै लाग्नुपर्ने तथा भएका समस्याहरूको समाधान गर्दै अघि बढ्नुपर्ने कार्यक्रममा बोल्ने वक्तारहरूको भनाई रहेको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि होम स्टे एशोसिएसन नेपालका केन्द्रिय अध्यक्ष प्रेमशंकर मर्दनिया थारूले पर्यटनले गर्दा विकासले गति लिएको बताउँदै अझै दिगो बनाउँदै लैजान योजनावद्ध भएर लाग्नुपर्ने बताउनुभयो । विभिन्न खालका समस्या अझै पनि यहाँको पर्यटन क्षेत्रमा रहेको बताउँदै यसको सबै मिलेर क्रमश समाधान गर्दै जानुपर्ने बताउनुभयो ।
गुन्द्रही ढकाहा मध्यवर्ती सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष नर बहादुर महतोको अध्यक्षतामा भएको कार्यक्रममा अमलटारी मध्यवर्ती उपभोक्ता समूहका अध्यक्ष केदारनाथ घिमिरे, गुन्द्रही ढकाहाका सल्लाहकार रामकृष्ण ढुङ्गाना, निवर्तमान वडा अध्यक्ष देव नारायण महतो, करण महतो , लगायत पर्यटन व्यवसायीहरूको उपस्थिति रहेको थियो ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: [email protected]
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |