२०८१ श्रावण १२, शनिबार
कावासोती । कावासोती नगरपालिकाको वार्षिक समीक्षा गोष्ठी बिहीबार सम्पन्न भएको छ । गत आर्थिक वर्षमा नगरपालिकाका विभिन्न शाखाबाट कार्यसम्पादन भएका विषय, देखिएका समस्या लगायत अबको योजना सहित विषयमा शाखा प्रमुखहरूले समीक्षा प्रस्तुत गरेका थिए ।
आर्थिक तर्फ गत आर्थिक वर्षमा कावासोती नगरपालिकामा कुल विनियोजित रकम मध्य ८० प्रतिशत खर्च भएको समीक्षा कार्यक्रममा लेखा अधिकृत मदन गौतमले जानकारी गराउनुभयो । नगरपालिकामा गत आर्थिक वर्षमा ९० प्रतिशत चालु र ७० प्रतिशत पूजीगत खर्च भएको उहाँले बताउनुभयो ।
७७÷७८ मा कावासोती नगरपालिकाको बेरुजु गण्डकी प्रदेशका नगरपालिकाहरू मध्यक् दोश्रो कम र देश भरकै नगरपालिका मध्य छैटौँ कम बेरुजु भएको उहाँले बताउनुभएको थियो ।
राजश्व दाखिला प्रत्यक दिन गर्नुपर्ने, पेश्की फर्छौट समयमा गर्नुपर्ने सवाल समीक्षा कार्यक्रममा उठेको थियो । नगरपालिका भित्र राजश्व संकलन काउन्टर राख्दा राम्रो हुने सुझाव समेत दिइएको थियो ।
शाखागत रुपमा भएका प्रगति सहितको समीक्षा कार्यक्रममा विभिन्न सबालहरू उठेका थिए । सो क्रममा शाखागत रुपमा भएका विभिन्न कार्यप्रति जनप्रतिनिधिहरूले टिप्पणी समेत गरेका थिए ।
कानुन तथा फैसला उपशाखा तर्फ तथ्याङ्कहरू यथार्थपरक राख्नुपर्ने । तथ्याङ्क रुजु गर्नुपर्ने । आयुर्वेद शाखा तर्फ पञ्च कर्म पूर्वकर्म कार्यक्रम सञ्चालन गर्न कोठा र कर्मचारीको अभाव भएको, कावासोती नगरपालिका भित्रका आयुर्वेद र योग विज्ञहरूलाई सहभागी गराएर बजेट विनाका कार्यक्रमहरू पनि सञ्चालन गर्न सकिन सुझाव दिइएको थियो ।
स्वास्थ्य शाखा तर्फ समयमै सबै वडामा औषधी पुर्याउने व्यवस्था गरी सेवामा प्रभावकारिता ल्याउनुपर्ने , सबैको स्वास्थ्य बीमाको व्यवस्था र लागू गर्नुपर्ने लगाएका विषय उठेका थिए ।
पशुपक्षी विकास शाखा तर्फ , कृषि र पशुस्वास्थ्य सम्बन्धी वास्तविक तथ्याङ्क नहुँदा प्रभावकारी कार्यक्रम सञ्चालन गर्न कठिनाइ भएको , भेटनरी र कृषि एम्बुलेन्सको व्यवस्था हुनुपर्ने लगायतका सवाल उठेका थिए ।
योजनाको कार्यान्वयन निश्चित समयमा गर्ने गराउने कार्यमा ताकेता नभई समय समाप्त भएपछि बजेटमा कटौती गर्दा काम सम्पन्न हुन नसकी उपभोक्ता समितिका पदाधिकारीहरूलाई समस्या परेकोले समयमै कार्यसम्पादनको लागि ताकेता गर्नुपर्ने विषय उठेको थियो ।
सामाजिक विकास शाखा र शिक्षा तर्फ विद्यालयको मर्जको लागि अवस्था पहिचान गर्न र प्राथमिकता निर्धारण गर्न फारम निर्माण गरी सोही अनुसार अनुगमन गरी मर्जलाई अगाडि बढाउनु पर्ने ,भौतिक प्रगतिको साथै शैक्षिक प्रगतिको विवरण पनि राख्नु पर्ने , प्राविधिक विद्यालयमा शिक्षकको व्यवस्था गर्नुपर्ने लगायतका विषय उठेका थिए । यो संगै विभिन्न शाखा तथा उपशाखाका कार्यसम्पादनका विषयमा प्रस्तुतीकरण सँगै सबालहरू जनप्रतिनिधिले उठाएका थिए ।
समिक्षा कार्यक्रममा बोल्दै कावासोती नगरपालिका वडा नम्बर ११ का वडा अध्यक्ष शारदा प्रसाद अधिकारीले समीक्षा कार्यक्रम विगत भन्दा गम्भीर भएको बताउनुभयो । उहाँले अब कार्यक्रम सञ्चालन गर्न वडाअध्यक्ष बढी सक्रिय हुनुपर्ने बताउनुभयो । पञ्जिकरणका सानासाना विषयले धेरै सेवाग्राहीले दुःख पाएका बताउदै यसको समाधानमा लाग्नुपर्ने उहाँले बताउनुभयो ।
सामाजिक विकास समितिका संयोजक चुणमणी थनेतले विगतका कमी कमजोरीहरुबाट सिकेर अगाडि जानुपर्ने बताउनभयो ।
प्रमुख प्रशासकीय अधिकृत राकेश गुरुङले समयमै कार्यक्रम कार्यान्वयन योजना बनाएर समयमै प्रभावकारी रुपमा कार्य सम्पन्न गर्नु सबैको दायित्व भएको बताउनुभयो । अबको एक हप्ता भित्र चालु आवको कार्यक्रम कार्यान्वयन योजना बनाउनुपर्ने समेत उहाँले बताउनुभयो ।
नगर उप प्रमुख फूलकुमारी थनेतले जनप्रतिनिधिहरु र कर्मचारीहरु बीच नङ र मासुको सम्बन्ध रह्यो भने मात्र सेवाग्राहीलाई सन्तुष्टि दिन सकिने बताउनुभयो । उहाँले सबै मिलेर कावासोती नगरपालिकाले राम्रो काम गर्न भन्ने छाप छाड्नुपर्ने समेत बताउनुभयो ।
समीक्षा कार्यक्रमका अध्यक्ष एवं कावासोती नगरपालिका नगर प्रमुख विष्णु प्रसाद भुसालले आफ्नो जिम्मेवारी पुरा भयो कि भएन भनेर आफैले समिक्षा गर्नुपर्ने बताउनुभयो । काम गर्ने सवालमा कमी कमजोरी हुन सक्छन् तर जे जिम्मेवारी प्राप्त गरेका छौ त्यो जिम्मेवारी पुरा भयो कि भएन भनेर आफैले समिक्षा गर्नुपर्ने उहाँले बताउनुभयो । उहाँले ५ वर्षमा १३ अर्व खर्च गर्ने योजनासहित नगरपालिका अगाडी बढेको बताउनुभयो ।
नगरपालिकाले गरेका हरेक कार्यको अभिलेखिकरण हुनुपर्ने बताउदै नगर प्रमुख भुसालले आगामि दिनमा योजना बनाउदा प्रत्येक वडामा भएको टोल विकास समिति, वडा समितिसँग छलफल गरेर कार्यक्रम÷योजना बनाउनु पर्ने समेत बताउनुभयो । नगरको समग्र विकासमा जनप्रतिनिधि र राष्ट्रसेवक कर्मचारीहरुले प्रतिबद्ध भएर काम गर्नुपर्ने भएकाले सबै मिलेर लाग्नुपर्ने उहाँले बताउनुभयो ।
समीक्षा कार्यक्रममा कानुन तथा फैसला उपशाखाबाट हरि प्रसाद शर्मा, आर्युवेद शाखाबाट नवराज पौडेल, स्वास्थ्य शाखाबाट शाखा प्रमुख कृष्णप्रसाद नागिला, पशुपंछी विकास शाखाबाट डा. टेकराल पौडेल, योजना शाखाबाट दिनेश भण्डारी, पूर्वाधार शाखाबाट रञ्जित केसी,सामाजिक विकास शाखा तर्फ नगर शिक्षा अधिकारी क्षेत्रबहादुर भण्डारी, शहकारी शाखातर्फ दिपक पौडेल,भूमि तथा भवन नियमन उपशाखातर्फ पवन रुपाखेती, महिला ,बालबालिका तथा ज्येष्ठ नागरिकतर्फबाट शुशिला तिमिल्सिना, जिन्सी शाखा तर्फ दिनेश खनाल लगायतले आफ्नो प्रस्तुतीकरण गर्नुभएको थियो ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: [email protected]
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |