२०८१ श्रावण १२, शनिबार
कावासोती । भरतपुर–बर्दघाट २२० केभी प्रसारणलाइनका कारण प्रभावित बासिन्दासँग गाउँपालिकाका अध्यक्ष सहितको टोलीले अनुगमन तथा छलफल गरेको छ ।
नवलपुरको विनयी त्रिवेणी गाउँपालिका दुई सुनटाँडीका ४५ घरधुरी प्रसारणलाइनका कारण प्रभावित बनेका छन् । प्रभावित स्थानीय वासिन्दाले करिब डेढ वर्षअघि सर्वोच्च अदालतमा टावर राख्न नदिन रिट निवेदन दिएका थिए । सर्वोच्च अदालतका तत्कालीन न्यायाधीश पुरुषोत्तम भण्डारीले २०७७ चैत २५ गते अन्तरिम आदेश जारी गर्दै भरतपुर–बर्दघाट २२० केभी प्रसारण लाइन अन्तर्गत नवलपरासीको दुम्कीवास स्थित दुईवटा टावर निर्माण कार्यमा रोक लगाउनुभएको थियो । तर, गत असार १२ गते दुई वटा टावर राख्न नदिने अघिल्लो अन्तरिम आदेशलाई सर्वोच्च अदालतले निरन्तरता नदिई रिट नै खारेज गरेपछि जिल्ला प्रशासन कार्यालयले गाउँपालिका तथा वडा कार्यालयमा टावर निर्माण गर्न दिन भनी पटक पटक पत्र लेख्ने र फोन गर्ने गरेको छ ।
गाउँपालिका अध्यक्ष धनश्याम गिरी , उपाध्यक्ष भगवती बैदवार , वडा अध्यक्ष पुष्पा आले मगर सहितको टोलीले टावर निर्माण स्थलको निरिक्षण तथा प्रभावित सुनटाँटीका बासिन्दासँग छलफल गरेको हो । छलफलका क्रममा प्रभावित बासिन्दाहरूले सर्वोच्चको फैसला विपरित आफूहरू नरहेको तर फैसलाको पूर्ण पाठ नआउँदासम्म आफूहरूलाई प्रशासनबाट दबाब नदिएहुन्थ्यो भन्ने कुरा राख्नुभएको अध्यक्ष गिरीले जानकारी दिनुभयो । सकेसम्म छिटो पूर्णपाठ आफूहरूले हेर्न पाउने व्यवस्था मिलाउन अनुरोध गर्नुभएको गिरीले बताउनुभयो । सकेसम्म अर्कातिरबाट टावर लैजान स्थानीयले माग गरेका छन् । तर त्यसो नभएमा आफूहरूको माग अनुसार काम गर्न उनीहरूको आग्रह समेत छ । स्थानीयले मुआब्जा र जग्गाको विषयमा चित्त बुझाएका छैनन् । टावरले ओगटेको क्षेत्र १५ मिटर भनिएको छ तर , १८÷२० मिटर जग्गा परेको स्थानीयको भनाई छ । आफूहरूको जग्गाको उचित मूल्याङ्कन नभएको गुनासो स्थानीयको छ । स्थानीयले राखेका मागहरूलाई आफूहरूले प्रशासन समक्ष जानकारी गराएको र आपसी समझदारीमा मा अगाडि बढाउनका लागि प्रयत्नरत रहेको अध्यक्ष गिरीको भनाई छ ।
वडा नम्बर दुईकी अध्यक्ष पुष्पा आलेले जनताको भावना विपरित कार्य हुन नदिनका लागि आफूहरूले स्थानीयसँग छलफल कार्य गरेको बताउनुभयो । राष्ट्रिय गौरवको आयोजना हो, अवरोध गर्न हुन्न भन्ने कुरा आफूले पनि बुझेको तर , जनतालाई असर पर्ने गरेर जबरजस्ति नगर्न आफूले प्रशासनसंग अनुरोध गरेको उहाँले बताउनुभयो । जनताको जनधनको क्षती नहुने गरेर समन्वय सहकार्यमा काम गर्न सकेमा सबैलाई राम्रो हुने भएकाले उहाँले प्रशासनलाई समेत जबरजस्ति नगर्न आग्रह गर्नुभएको छ ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: [email protected]
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |