२०८१ श्रावण १२, शनिबार
कावासाेती । साइकल प्रयाेगकाे सन्देश दिन आज कावासाेतीमा काेरा साइकल च्यालेन्ज भएकाे छ। स्वास्थ्य ,वातावरण , इन्धनको खपत घटाउने लगायतका दृष्टिले साइकलिङ महत्त्वपूर्ण रहेकाले यसैकाे सन्देश दिन कार्यक्रम गरिएको हाे ।
बिहान कावासाेती नगरपालिका परिसरबाट सुरु भएकाे काेरा साइकल च्यालेन्जका सहभागीहरुले कावासाेती ,हुप्सेकाेट मध्यविन्दु हुदै ५० किलोमिटर यात्रा तय गरेका छन् । कावासाेती साइकलिङ समुहको आयाेजनामा भएको
काेरा च्यालेन्जमा नवलपुर सहित विभिन्न जिल्लाका साइकलिष्टहरुकाे सहभागीता रहेकाे थियाे ।
काेरा साइकल च्यालेन्जकाे कावासाेती नगरपालिका नगर प्रमुख विष्णुप्रसाद भुसालले रिबन काटेर उद्वघाटन गर्नु भएको थियाे । साे क्रममा बाेल्दै नगर प्रमुख भुसालले साइकलिङ स्वास्थ्यका लागि लाभदायक भएको बताउनुभयो । साइकल चलाउनु शारीरिक स्फुर्तीका लागि जति महत्त्व छ ,इन्धनको खपत कम गरि राज्यकाे इन्धनमा हुने खर्च जाेगाउन समेत यसकाे महत्त्व उतिनै रहेकाे बताउनुभयाे । अर्का तर्फ इन्धनको प्रयाेगले हुने वातावरण प्रदुषण कम गराउन समेत साइकलीङले सहयाेग पुग्ने नगर प्रमुख भुसालले बताउनुभयो ।
युवाहरुले सकारात्मक सन्देश दिने गरि कार्यक्रम गरेकाेमा उहाँले धन्यवाद दिनुभयो ।
साइकल प्रयोगका विभिन्न फाइदा रहेकाले देशका विभिन्न शहरमा साइकल लेन बनाउने क्रम बढ्दाे छ । कावासाेती नगरपालिकाले समेत आगामी आर्थिक वर्षबाट सडकमा साइकल लेन बनाउने याेजना बनाएकाे छ । बजारक्षेत्रकाे कुनै एक सडकबाट साइकल लेनकाे अवधारणा सुरु गर्ने नगरकाे तयारी छ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: [email protected]
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |