२०८१ श्रावण १२, शनिबार
कावासोती । नवलपरासी पश्चिमको बर्दघाट नगरपालिका वडा नं. ४ स्थीत टिसियन चोकबाट प्रहरीले अवैद्य मालसामान बरामद गरेको छ ।
आइतबार बिहान साढे सात बजेको समयमा ईलाका प्रहरी कार्यालय बर्दघाटबाट खटिएको प्रहरी टोलीले १४ लाख ११ हजार १ सय ४० मुल्य बराबरको अवैध चिनी तथा कपडा बरामद गरेको छ । दक्षिणबाट उत्तर तर्फ आउदै गरेको ना ६ ख २३८८ नंं को ट्रकलाई चेकजाँच गर्ने क्रममा अवैध रुपमा ल्याउदै गरेको ४१८ बोरामा २० हजार ८ सय ९४ केजी चिनी बरामद गरेको हो । उक्त बरामद चिनीको अन्दाजी मुल्य १२ लाख ५३ हजार ६ सय ४० बराबर रहेको छ । बरामद चिनी र ट्रक आवश्यक कारवाहीको लागि भन्सार कार्यालय पठाइएको प्रहरीले जनाएको छ ।
त्यसैगरी सोही स्थानमा पश्चिमबाट पुर्व तर्फ आउदै गरेको ना ७ ख २०१५ नं। को बसलाई चेकजाँच गर्ने क्रममा विना विल ल्याउदै गरेको अन्दाजी १ लाख ५७ हजार ५ सय मुल्य बराबरको जेन्स टिसर्ट, लेडिज टप्स लगायतका बिभिन्न कपडा फेला पारेकोले बरामद गरी बसलाई गन्तव्य तर्फ पठाईएको छ । बरामद कपडा आवश्यक कारबाहीको लागि भन्सार कार्यालय पठाइएको प्रहरीले जनाएको छ ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: [email protected]
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |