२०८१ श्रावण १२, शनिबार
कावासोती । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना मार्फत् नवलपरासी पूर्व नवलपुरमा सञ्चालित तरकारी जोन कार्यक्रमले यहाँँका कृषक लाभान्वित भएका छन् ।
नवलपुरका तीन स्थानीय तहका १६ वटा वडालाई समेटर तरकारी जोन कार्यक्रम सञ्चालन गरिएको छ । कावासोती नगरपालिकाको वडा नं ४ , ९ , १० १२ , १५ , १६ र १७ ,मध्यविन्दु नगरपालिकाको वडा नं १,२,३,६,९ र हुप्सेकोट गाउँपालिकाको १, २ ,३ ४ वटा वडालाई समेटेर तरकारी जोन कार्यक्रम सञ्चालन गरिएको छ । तरकारी जोन कार्यक्रम आर्थिक वर्ष २०७६ ÷ ०७७ बाट सुरु भएको हो । परियोजना सुरु हुुनुपूर्व यी क्षेत्रमा तरकारी खेतिको क्षेत्रफल ५१२ हेक्टर रहेको थियो । हाल क्षेत्रफल बिस्तार भएर ६६० हेक्टर पुगेको छ । तीन स्थानीय तहका ९९ समूह , ६ सहकारी र ५२ उद्यमी गरेर १५७ तरकारी जोनमा आबद्ध छन् । भने २ हजार ३५५ घरधुरी तरकारी जोनमा संलग्न छन् ।
नवलपुर जिल्ला कृषिमा अब्बल मानिन्छ । यहाँ व्यवसायिक तरकारी खेति गर्ने किसानहरुको संख्या बाक्लै छ । परियोजना सुरुहुनु अघि नै धेरै किसानहरु तरकारी खेतिममा लागेका थिए । तर परियोजना लागु भएपछि किसानहरु थप हौसिएका छन् । धेरै नयाँ किसान समेत तरकारी खेतिमा आक्रर्षित भएका छन् । परियोजनाबाट प्राप्त सहयोग र परामर्शले तरकारी खेति गर्ने कृषकलाई ठूलो राहत मिलेको छ ।
जोनमा आबद्ध हुप्सेकाट १ जुकेपानीको लेकबेसी कृक्षक समूहका कृषक शंकर थापाले तरकारी जोन परियोजना लागु भएपछि मलचिङ , स्प्रे टंकी , जोख्ने काँटा लगायतका सामाग्री पाउँदा कृषकहरु निकै उत्साहित भएको बताउनुभयो । परियोजनाका बारेमा जानकारी नहुदा पालिकामा मात्रै निर्भर रहनुपरेको , पालिकाबाट सानो सहयोग हुने गरेकोमा परियोजनामा आबद्ध भएपछि कृषकलाई आवश्यक धेर सामाग्रहरु अनुदानमा पाउँदा लागत घटेको उहाँ बताउनुहुन्छ । परियोजनाको कामबाट आफनो समूह निकै खुसी भएको उहाँले बताउनुभयो ।
जुकेपानीकै सुनौलो महिला कृषक समूहकी अध्यक्ष कृष्णमाया राना मगरले तरकारी जोन कार्यक्रमबाट किसानलाई धेरै कुरामा सहज भएको बताउनुभयो । विशेष गरेर कृषि सामाग्रीमा ५० प्रतिशत अनुदान कार्यक्रमले कृषक बढि लाभान्वित भएको उहाँले बताउनुभयो । निर्वाहमुखी खेति गर्दै आएकोमा अहिले व्यवसायिक खेतितर्फ किसानहरु आकिर्षत भएको उहाँँले बताउनुभयो ।
हुप्सेकाटको जुकेपनी क्षेत्रमा अधिकांश किसान काक्रा खेति गर्छन् । जुकेपानीबाट मात्रै एक सिजनमा १० करोड बराबरको काक्र बिक्री गरिएको छ ।
त्यसबाहेक टमाटर , आलु , बोडी , भिन्डी करेला लगायतका खेति गर्ने गरिएको छ ।
यस्तै कावासोती १७ का किसान जोग बहादुर महतोले पनि परियोजना किसानका लागि निकै फलदायी भएको बताउनुहुछ । परियोजनाबाट प्राप्त बीउबीजन राम्रो हुने भएकाले उत्पादन पनि राम्रो भएको उहँँको भनाई छ । अनुदानमा सामाग्री पाउँदा किसानलाई धेरै राहत मिलेको उहाँले बताउनुभयो ।
परियोजना सञ्चालन गरेको प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना , परियोजना कार्यान्वय इकाई नवलपरासी पूर्वको कार्यालयका कर्मचारीहरु कृषकका समस्या समाधान गर्न लागि परिरहेका छन् ।
कार्यालय प्रमुख विष्णु प्रसाद शर्माले परियोजना लागु भएका तीन पालिकाका १६ वटा वडामा तरकारी जोन अन्तरगत कार्यालयले गर्ने सहयोगमा क्षेत्र बिस्तारमा बीउ बीजन, उत्त्पादन सामाग्रीमा पचास प्रतिशत अनुदान र सिचाई आयोजनाहरुमा ८५ प्रतिशतसम्म अनुदान दिइएको जानकारी दिनुभयो ।
तरकारी खेतीले छोटो समयमा उत्पादन दिने र आम्दानी गर्न सकिने पेशा भएको कारण अहिले युवाहरु समेत तरकारी खेतीतर्फ आकर्षीत भएको र वैदेशिक रोजगाीमा जाने युवाहरुलाई गाउँमै राक्न सफल भएको अनुभव शर्माको छ ।
तरकारी जोन परियोजना अन्तरगत जिल्लामा विशेष गरेर काक्रा र टमाटर खेतीलाई प्राथमिकता दिएको छ । त्यसबाहेक आलु , बोडी , भिन्डी करेला , घिरौँला , खुर्सानी लगायतका तरकारी खेति यहाँ गरिन्छ । परियोजना नहुँदा किसानले उत्पादन सामाग्री सबै आफ्नै खर्चमा किन्नु पर्दा लागत बढी लाग्ने गरेको थियो । अहिले अनुदानमा सामाग्री पाएपछि भने लागत बट्दा नाफा बढी भएको किसान बताउछन् ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: [email protected]
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |