२०८० मंसिर २०, बुधबार
कास्की — प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले गण्डकी प्रदेश सभाको बैठकमा अवरोध सिर्जना गरेपछि बैठक १५ मिनेटका लागि स्थगित भएको छ । बजेटको विषयलाई लिएर एमालेले बैठकमा अवरोध सिर्जना गरेको एमाले सांसद राेशन गाहाले बताउनुभयो ।सरकारले अङ्ग नपुर्याई बजेट ल्याएकाे, संविधान काे नियम ,ऐन कानुन विपरीत ,आर्थिक अनुसाशन अनियमितताकाे कारण , मध्यकालीन याेजनाकाे पुस्तक समेत नल्याएको कारण संसद अवरोध गरेकाे सांसद गाहाले बताउनुभयो ।करिब २८ अर्ब कुन श्राेतबाट कहाँ के गर्ने भन्ने समेत नभएको उहाले बताउनुभयो । यी बिविध कारणले संसद अवरुद्ध गर्न परेकाे उहाँले बताउनुभयो ।
एमालेले अवरोध गरेपछि प्रदेश सभाको बैठक स्थगित भएको हो । असार १ मा सार्वजनिक बजेटमा निर्वाचान पूर्वाधार विकास कार्यक्रम छुटेको तर २० दिनपछि उक्त योजना समावेश भएको भन्दै एमालेले विरोध जनाएको हो ।
एमालेका सांसद्हरूले २० दिनअघि छुटेको बजेट २० दिनपछि कसरी ल्याइयो भन्दै अवरोध गरेका हुन् ।
अर्थमन्त्री रामजीप्रसाद बरालले निर्वाचन पूर्वाधार कार्यक्रम नराखेपछि गठबन्धन सत्तासीन दल र प्रमुख प्रतिपक्षी एमालेले पनि विरोध जनाएपछि उक्त कार्यक्रम समेट्ने सहमतिपछि असार २० बाट बजेटमाथी छलफल सुरु भएको थियो ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: pressnawalpur@gmail.com
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |