२०८० मंसिर २०, बुधबार
कावासोती। जिल्ला समन्वय समिति नवलपरासी बर्दघाट सुस्तापूर्व नवलपुरमा एमालेका उम्मेदवार विजयी भएका छन् । आज सम्पन्न निर्वाचनमा प्रमुख ,उप प्रमुख सहित सात जना सदस्य गरि ९ वटै पदमा एमालेका उम्मेदवार निर्वाचित भएका हुन् ।
आज सम्पन्न निर्वाचनमा एमालेबाट जिसस प्रमुखका उम्मेदवार बाबुराम विश्वकर्मा र उप प्रमुखका उम्मेदवार शकुन्तला लम्साल ११÷११ मतका साथ विजयी भएका हुन् ।
चार नगरपालिका र चार गाउँपालिकाका प्रमुख , उप प्रमुख , अध्यक्ष र उपाध्यक्ष गरि १६ मतदाता रहेकोमा कांग्रेसबाट प्रमुखका उम्मेदवार द्रोणवन सन्यासीले ५ र उप प्रमुखका उम्मेदवार मिरा थनेतले ५ मत प्राप्त गरेका छन् ।
सदस्यहरूमा एमालेबाट उम्मेदवार बनेका पिन कुमारी चितौरे मगर , रेनु गुरौ थारु , सरस्वती पाठक, सम्झना सार्की , कुल प्रसाद शर्मा भुसाल ,लिला पौडेल , लोकनाथ अर्यालले समान ११ ÷११ मत प्राप्त गरि विजयी भएका छन् ।
कांग्रेसबाट सदस्यका उम्मेदवार दिनेश कुमाल र ज्ञानप्रसाद खनाल ४÷४ मत प्राप्त गर्दा अन्य सदस्यहरूमा राधिका दमाईँ, देवमाया दमिनी, गोमाया भट्टराई पाण्डे, चित्रबहादुर थापा, सुरेन्द्र बहादुर कुमालले समान ५÷५ मत प्राप्त गरेका छन् । सदस्य दुई जनामा खाली रहेकाले दिनेश कुमाल र ज्ञानप्रसाद खनालले ४÷४ मत प्राप्त गरेका हुन् ।
जिल्ला समन्वय समतिको निर्वाचनका लागि रहेका १६ मतदाता मध्य एमालेको ११ र कांग्रेसको ५ मत रहेको थियो ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: pressnawalpur@gmail.com
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |