२०८१ श्रावण १२, शनिबार
कावासोती । कावासोती बजार क्षेत्रको प्रमुख स्थान मध्यको एक सभापति चोक नजिक बाटो जीर्ण बनेको लामो समय बितेको छ । सभापति चोक देखि उत्तर तर्फ परेका खाल्डा खुल्डीले सदरमुकामलाई गिज्याएको धेरै भयो । खाल्डा खुल्डीमा पानी जम्दा साना साना पोखरीको भान हुन्छ ।
सभापति चोक नजिकै उत्तर तर्फ पैदल यात्री सहित अन्य यात्रुको आवत जावत बाक्लो हुने गर्दछ । जिल्ला प्रशासन कार्यालय जाने सडक समेत भएकाले जिल्ला भरका जो कोही प्रशासनको काम लिएर कावासोती आए यही सडक प्रयोग गर्छन् । सभापति चोकमा उत्रिएर प्रशासन लाग्ने जो कोहीको मनमा जीर्ण सडकले सदरमुकामको छवि नकरात्मक उत्रिन्छ यसमा दुई मत छैन् । तर यसको मर्मतमा भने कसैको चासो छैन् ।
जिल्लाका सबै जसो सरकारी कार्यालयका गाडी यही बाटो हुदैं कुद्छन् । कार्यालयका सवारी कम्तिमा जिल्ला प्रशासनमा पुग्दा यो बाटो प्रयोग गर्छन् नै । मेयर , उप मेयर सहित जनप्रतिनिधि नहिँड्ने कुरै भएन । गाडी कुद्दा केही उफार्ला । गोडामा हिलो पक्कै पर्दैन । तर यही बाटो हिड्ने हजारौं पैदल यात्रु खाडल र हिलो छिचोल्दै हिँड्नुपर्ने अवस्था छ । वरपरका व्यवसायी झनै आजित रहेका छन् । आजित स्थानीयले सडक छेउमा लेखेका छन् मेयर साहेबको ध्यान कता ? बाटो विगे्रकोे छ यता । हाम्रो कावासोती राम्रो कावासोती ।
स्थानीयले पालिकाले मर्मतका लागि चासो नदिएको सांकेतिक विरोध जनाउन तीन वटा बोर्डमा लेखेर राखेका छन् । स्थानीयले बाटो मर्मतको माग समेत गरेका छन् । नगरपालिकाको ध्यान जीर्ण सडकमा हुनुपर्ने उनीहरूको भनाई छ ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: [email protected]
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |