२०८० मंसिर २५, सोमबार
नवलपुर । आफ्नो जन्मदिनको अवसर पारेर कावासोती ३ का पुर्व अध्यक्ष तथा लायन्स क्लब अफ कावासोती सप्तरङ्गीका क्लब डाइरेक्टर लायन अमृत कुमार श्रेष्ठले गरिव तथा विपन्न विद्यार्थीहरुलाइ शैक्षिक सामाग्री हस्तान्तरण गरेका छन।जेठ २९ गते परेको जन्मदिनको दिन मध्यविन्दु ३ मा रहेको जनता मा बि मा अध्ययन गर्ने १५ जना बालबालिकालाई झोला,कपि कलम,जेमेट्री पेन्सिल लगायतका सामाग्री हस्तान्तरण गरिएको हो ।जन्मदिन जस्तो आफ्नो जिवनको सबैभन्दा महत्त्वपूर्ण दिनलाइ सामाजिक र मानवीय कार्यमा लगाउने विगत देखिकै कार्यको निरन्तरता आफुले दिएको भन्दै अनावश्यक फजुल खर्च गर्ने भोज भतेर गर्ने परम्पराको अन्त्य गर्न जरुरि रहेको कार्यक्रममा बोल्दै श्रेष्ठले बताए।आफुले विगत देखिनै राजनितीक र सामाजिक कर्म गर्दै समाजलाइ सहि दिशामा लान प्रेरित गरिरहेको समेत उनले बताए।कार्यक्रममा विद्यालयका प्रधानाध्यापक ,युथ काङ्ग्रेस नवलपुरका अध्यक्ष सुदिप चापागाई,मध्यविन्दु ३ का सभापति सुबास नेपाल लयायतले शुभकामना मन्तव्य राखेका थिए।कार्यक्रमको अन्त्यमा बोल्दै लायन्स क्लब अफ कावासोती सपतरङ्गीका अध्यक्ष किरण भुर्तेलले लायन्स क्लब अफ कावासोती सप्तरङ्गीले क्लबका हरेक सदस्यको जन्मदिनमा कुनै न कुनै सामाजिक कार्य गरिरहेको बताउदै आगामी दिनमा पनि निरन्तरता दिने प्रतिवद्द्ता व्यक्त गर्दै कार्यक्रम सम्पन्न गर्न सहयोग गर्ने सबैलाइ तथा जन्मदिनको अवसरमा लायन्स क्लब मार्फत शैक्षिक सामाग्री सहयोग गरेकोमा क्लब डाइरेक्टर अमृतकुमार श्रेष्ठलाई समेत धन्यवाद दिए।क्लबका सचिब खेम सारु मगरले संचालन र संस्थाका उपाध्यक्ष लक्ष्मण रिजालले स्वागत गरेको कार्यक्रममा क्लबका पदाधिकारीहरु,निर्वाचित जनप्रतिनिधि ,विद्यालका शिक्षक शिक्षिका ,समितिका पदाधिकारी लगायतको उपस्थिति रहेको थियो।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: pressnawalpur@gmail.com
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |