२०८१ श्रावण १२, शनिबार
काठमाण्डाै – शिक्षक सेवा आयोगले माध्यमिक तह, प्रथम श्रेणी शिक्षक पदको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ।
लिखित परीक्षाको नतिजासँगै आयोगले उनीहरुको अन्तर्वार्ताको मिति पनि सार्वजनिक गरेको छ ।
आयोगका अनुसार पाँचथर, झापा, तेह्रथुम, धनकुटा, मोरङ, सुनसरी, धनुषा, रौतहट, बारा, पर्सा, काभ्रे, भक्तपुर, काठमाण्डाै, ललितपुर र चितवनका ४७ जनाको अन्तर्वार्ता असार २१ गते बिहान ८ बजे हुनेछ ।
यसैगरी लमजुङ, कास्की, बाग्लुङ, पर्वत, पाल्पा, गुल्मी, रोल्पा, दाङ, सल्यान, जाजरकोट, दैलेख, सुर्खेत, बझाङ, कैलाली, दार्चुला र डडेलधुराका ४७ जनाको अन्तर्वार्ता असार २१ गते दिउँसो १ बजे हुनेछ ।
अन्तर्वार्ता परीक्षा शिक्षा सेवा आयोगको कार्यालय सानोथिमि भक्तपुरमा हुने सूचनामा उल्लेख छ । आयोगले २०७८ साल चैत २१ गते लिखित परीक्षा लिएको थियो ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: [email protected]
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |