२०८० मंसिर १४, बिहिबार
तनहुँ । तनहुँको आँबुखैरेनी गाउँपालिका–४ डम्पीमा सडक भासिएको स्थानबाट एउटा कार तल खसेको देखिएको छ ।
सडकबाट तल मर्स्याङ्दी नदीको खोंचमा कार खसेको देखिएको घटनास्थलमा रहेका तनहुँ प्रहरी प्रमुख राजेन्द्रबाबु रेग्मीले जानकारी दिए । उनका अनुसार गोताखोर, उद्धारकर्ता र स्वास्थ्यकर्मीसहितको टोलीलाई त्यहाँ परिचालन गरिएको छ ।प्रहरीका अनुसार उक्त कार आबुखैरेनीबाट मुग्लिङ तर्फ जाँदै गरेको भनिए पनि कारमा कतिजना थिए र कोको थिए भन्ने खुलेको छैन । तनहुँ प्रहरी प्रमुख रेग्मीले त्यसबारे बुझिरहेको बताए ।सडक भासिएका कारण आज बिहान करिब ५ बजेदेखि नै पोखरा–मुग्लिन सडक दुईतर्फी नै अवरुद्ध भएको छ । अवरुद्ध सडक तत्काल खुल्न सक्ने अवस्था नरहेकाले सवारी साधनहरु जताबाट आएका छन्, उतैतिर फर्काइएको छ । साथै सवारी साधनलाई पोखरा र मुग्लिनमै सवारी साधनलाई रोकिएको छ । तनहुँ प्रहरी प्रमुख रेग्मीले बाटो खुलाउन पहल गरिरहेको पनि बताए । अनलाइन खबर
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: pressnawalpur@gmail.com
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |