२०८१ श्रावण १२, शनिबार
मोडल गरिमा शर्मा फिल्ममा डेब्यू गर्ने भएकी छन्।
उनले घनश्याम लामिछानेको निर्देशनमा बन्न लागेको फिल्म ‘लन्डन टु पेरिस’बाट फिल्ममा डेब्यू गर्न लागेकी हुन्।
गरिमाले फिल्ममा अनुबन्धित भएको जानकारी दिइन्।
‘यो फिल्ममा अनुबन्धित हुन पाउँदा एकदमै खुसी लागेको छ। यो फिल्म ट्राभलसँग सम्बन्धित छ। फिल्ममा मेरो मुख्य भूमिका छ। फिल्मको कथा मन परेरै मैले फिल्म साइन गरेकी हुँ,’ उनले भनिन्।
केही समय अगाडि गरिमाले फिल्म ‘सुदूर’ बाट डेब्यू गर्न लागेको चर्चा थियो। तर उनले फिल्मको लागि कुरा मात्र भएको बताइन्।
‘फिल्मको लागि कुरा भएको थियो। त्यसपछि निर्माण टोलीसँग कुरा भएको छैन। अहिले मलाई अरु फिल्मको अफर पनि आइरहेको छ,’ उनले भनिन्।
लन्डन टु पेरिस’ फिल्मको कथा, पटकथा तथा संवाद प्रदीप भारद्धाजले लेखेका हुन्।
एबी इन्टरनेसनलले निर्माण गर्न लागेको फिल्म बेलायत र फ्रान्समा छायांकन हुनेछ। फिल्म असारको दोस्रो साताबाट छायांकनमा जाने बताइएको छ।
आधुनिक प्रेमकथामा निर्माण हुने फिल्ममा अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह अनुबन्धित भइसकेकी छन्। फिल्मको लागि अभिनेता फाइनल भइसके पनि सार्वजनिक गरिएको छैन।
अमित बस्नेत, अजित कुमार थापा, परी राना, अंकित गौतम, सनिश खकुरेल निर्माता रहेको फिल्मको सह-निर्माता अजित सिंह हुन्।
टिकटकबाट चर्चामा आएकी गरिमा शर्मा पछिल्लो समय म्यूजिक भिडिओमा जमिरहेकी छन्।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: [email protected]
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |